१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

अहिले जनावरले उचालेको एमालेको झण्डा केही समयपछि बाँदरको हातमा पुग्छ : नेपाल



न्युज कारखाना ।

सुर्खेत । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अहिलेकै अवस्थामा आफ्नो पार्टीले कुनै पार्टीसँग एकता नगर्ने स्पष्ट पारेका छन् । समाजवादी प्रेस संगठन कर्णाली प्रदेशले सुर्खेतमा आयोजना गरेको पत्रका सम्मेलनमा अहिले अवस्थामा कुनै पार्टीसँग एकता नहुने बताएका हुन् ।

अहिले कुनै पार्टीसँग एकता नहुने तर, पार्टी निर्माणको अभियानमा लागेकाले देशभर उत्साहजनक उपस्थिति रहेको अध्यक्ष नेपालले बताए । अध्यक्ष नेपालले एमालेको झण्डा अब बाँदरको हातमा पुग्ने बताएका छन् । एमालेको महाधिवेशनमा गैँडाले एमालेको झण्डाको  विषयमा टिप्पणी गर्दै अध्यक्ष नेपालले भने,‘एमालेको झण्डा अहिले जनवारले उचालेको छ । केही समयपछि बाँदरको हातमा पुग्छ ।’

नेकपा एमालेको चितवनमा भोलिदेखि सुरु हुने १०औं महाधिवेशनमा आफ्नो पार्टीलाई निमन्त्रणा नगरेकोमा कुनै अपसोच नरहेको बताए । ‘नजाने गाउँको बाटो नसोध्नु,’ उनले भने,‘एमाले एउटा प्राइभेट कम्पनी हो । त्यससँग कुनै पनि हालतमा एकता हुन्न ।’ अदालतमा रहेको विवादका विषयमा पाँच दलको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई समस्या सुल्झाउन सुझाव दिएको अध्यक्ष नेपालले बताए ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय