१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

एमालेलाई पत्याएन चीनले, महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि नआउने



चितवन । एमालेको महाधिवेशनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि सहभागी नहुने भएका छन् । चितवनमा शुक्रबार हुने एमालेको उद्घाटन सत्रमा शुभकामना दिन विभिन्न देशका प्रतिनिधि सहभागी हुने भए पनि चिनियाँ कम्युनिष्ट पार्टीबाट कोही नआउने एमाले प्रचार विभाग प्रमुख तथा १०औँ राष्ट्रिय महाधिवेशन प्रचारप्रसार समितिका संयोजक योगेश भट्टराईले जानकारी दिए ।

उनका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीका प्रतिनिधि महाधिवेशनमा सहभागी नहुने, तर भिडियो सन्देश भने पठाएको छ । एमाले महाधिवेशनमा शुभकामना दिन प्रतिनिधि नभएको चिनिया कम्युनिष्ट पार्टीले भिडियो सन्देश पठाएर महाधिवेशन सफलताको शुभकामना दिन लागेको संयोजक भट्टराई बिहीबार नारायणी नदी किनारमा आयोजित पत्रकार सम्मेलनमा बताए । महाधिवेशनमा भारत, बंगलादेश, श्रीलंका, कम्बोडियालगायत विभिन्न देशका राजनितिक दलका नेताहरू सहभागी हुने उनले बताए ।


प्रतिक्रिया दिनुहोस !


एमाले महाधिवेशन : मतगणना जारी, ओलीको अग्रता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।

ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका निर्वाचन समितिले जनाएको छ । चितवनमा आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मंगलबार बिहान ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो ।दुई हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको जानकारी गराइएको छ । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

एमाले अध्यक्षमा पुनः ओली : ओलीलाई १९०० मत, रावलको पक्षमा १९६ मत पर्‍यो



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को अध्यक्षमा पुनः केपी शर्मा ओली निर्वाचित भएका छन् । चितवनको सौराहामा भएको १०औं महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि मंगलबार भएको मतदानमा प्रतिस्पर्धी डा भीम रावललाई भारी मतान्तरले हराउँदै अध्यक्षमा पुनः ओली निर्वाचित भएका हुन् ।

एमाले केन्द्रीय निर्वाचन आयोगका अनुसार खसेको २ हजार ९६ मतमध्ये ओलीले १९०० मत र भीम रावलले १९६ मत प्राप्त गरेका छन् । आज (मंगलबार) विहान ४ बजेदेखि सुरु भएको मतदान साढे ११ बजे सकिएको थियो । जहाँ २ हजार १५३ मतदातामध्ये २ हजार १९६ मत खसेको थियो ।त्यसोत, एमाले नेता विष्णु रिजालले यस अगाडि नै १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक र शपथ ग्रहण सौराहामा नै हुने जानकारी गराएका छन् ।

प्रतिक्रिया दिनुहोस !

एमाले अध्यक्षमा ओली भारी मतले विजयी



१४ मंसिर, काठमाडौंः नेकपा एमालेको १० औँ महाधिवेशनबाट अध्यक्षमा केपी शर्मा ओली दोस्रो कार्यकालका लागि निर्वाचित भएका छन्।

निर्वाचनमा खसेको कूल २ हजार ९६ मतमा नवनिर्वाचित अध्यक्ष ओलीले १ हजार ९ सय मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी रहेका भीम रावलले १ सय ९६ मत प्राप्त गरेका छन्।

यसैबीच, उपाध्यक्ष पदको मत गणना पनि शुरु भएको छ । त्यसपछि सचिव र केन्द्रीय सदस्यको मत गणना हुने एमाले निर्वाचन आयोगले जानकारी दिएको छ । शुरुमा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास भएपनि रावलले अस्वीकार गर्दै उम्मेदवारी दिएपछि अध्यक्ष पदका लागि निर्वाचन भएको थियो।

बिहान ४ बजेबाट मतदान शुरु गरी दिउँसो एक बजेबाट मतगणना शुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: