१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

एमाले नेताहरूका कारण भरतपुर विमानस्थल अस्तव्यस्त



न्युज कारखाना

चितवन : भोलिदेखि सुरु हुन लागेको नेकपा एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुनका लागि एमाले अध्यक्ष केपी ओलीसहितका शीर्ष नेता बिहीबार चितवन आइपुगेका छन् । एमालेको अधिकांश शीर्ष नेता हवाई यात्रामार्फत चितवन आएका हुन् । एमालेको महाधिवेशनमा सहभागी हुन महाधिवेशन प्रतिनिधि र अतिथिहरू पनि हवाइयात्रामार्फत चितवन आएका छन् । जस कारण बिहीबार भरतपुर विमानस्थल दिनभरजसो व्यस्त बन्यो । बिहीबार बुद्ध एयरको ११ वटा र गुण एयरको तीन वटा उडान भएको विमानस्थलका निमित्त प्रमुख दीपक विकले जानकारी दिए ।

शीर्ष नेताहरू हवाई यात्रामार्फत आएपछि विमानस्थलमा उनीहरूलाई स्वागत गर्नेको भीड थियो । ‘हिजो अस्तिकै संख्यामा उडान भए पनि जहाज भरिएका थिए । शीर्ष नेताहरू पनि आएकाले उहाँहरूको स्वागतका लागि नेता कार्यकर्ताको बाक्लो भिड लागेको हो’, विकले भने ।

बिहीबार एमाले अध्यक्ष ओलीसहित स्थायी कमिटी सदस्य रामबहादुर थापा ‘बादल’, नेताहरू सुवास नेम्वाङ, महेश बस्नेत, शंकर पोखरेल, विष्णु पौडेल, विद्या भट्टराई, बिन्दा पाण्डे, टोपबहादुर रायमाझी, गोकर्ण विष्ट, पद्मा अर्याल, शेरधन राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरलगायत १९ नेता हवाइयात्रामार्फत चितवन आएका हुन् । एमाले उपाध्यक्ष भीम रावल पनि सडकमार्ग हुँदै चितवन आइपुगेका छन् । पूर्वमहान्यायाधिवक्ता रमेश बडाल पनि चितवन आएका छन् । नेताहरूको आगमन ह्वात्तै बढेपछि सुरक्षा व्यवस्था र ट्राफिक व्यवस्थापनमा कठिनाइ भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


बालिका मृत्युकाे विषयलाई लिएर स्थानीय र प्रहरीबीच झडप, नाै जना सुरक्षाकर्मी घाइते



कपिलवस्तु, १४ मंसिर

सवारी दुर्घटनामा बालिका मृत्युको विषयलाई लिएर प्रहरी र स्थानीयबीच झडप हुँदा नाै जना सुरक्षाकर्मी घाइते भएका छन् । यशोधरा गाउँपालिका ६ सुठौली कार्यालय नजिकै लु ३ त ७६ नम्बरको ट्याक्टरले ठक्कर दिँदा १२ वर्षीय बालिका सुमन यादवकाे मृत्यु भएकाे थियो ।

मृत्युको विषयलाई लिएर सवारी साधन तोडफोड गर्न खोजेका स्थानीयवासी र प्रहरीबीच झडप भएको हाे ।  स्थितिलाई नियन्त्रणमा ल्याउन प्रहरीले पाँच राउण्ड र सशस्त्र प्रहरीले ६ राउण्ड अश्रु ग्यास फायर गरेका थिए ।  झडपमा परी प्रहरी निरीक्षक विजय सिंह, प्रहरी सहायक निरीक्षक पराग यादव, प्रहरी हवलदार कैलासकोटी चौधरी, प्रहरी जवान भुवन घर्ती, बाल गोविन्द कुर्मी, अनिल थारु, राज कुमार तेली, विवेक खत्री र कमल थापा घाइते भएका छन् ।  

अश्रु ग्यास प्रहारपछि प्रहरीले भिड नियन्त्रणमा लिएको थियो । अहिले अवस्था सामान्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: