१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

केपी ओलीलाई नारायण किनारबाट देवघाट जान नागरिक अभियन्ता वाग्लेको सुझाव



काठमाडौं । नागरिक अभियन्ता नारायण वाग्लेले न्यायालयप्रतिको धारणा नसच्याए पूर्वप्रधानमन्त्री एव् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीलाई नारायण किनारबाट देवघाट जान सुझाव दिएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई महाअभियोग लगाउन र न्याय क्षेत्रको शुद्धीकरणका लागि भन्दै बिहीबार विभिन्न पेसागत संगठनहरुले सर्वोच्च अदालत बालुवाटार न्यायमार्चपछि सम्बोधन गर्दै न्यायालयको समस्याप्रति जवाफदेही नहुने हो भने एमालेलाई काठमाडौं नफर्की देवघाट जान भनेका छन् ।

ुलाखौं कार्यकर्ताका साथ अहिले नारायणी किनारमा हुनुहुन्छ । यदि न्यायापालिकाप्रति, अहिलेको भ्रष्टाचार, बिचौलिया न्यायको बारेमा । न्याय भन्ने तत्व नै नरहेको जिनिस बनाइसक्दा पनि, मुद्दाहरु सडकमा छरपस्ट भइसक्दा पनि फैसला गर्ने सबैले राजीनामा दिउन् भन्दै न्यायालयप्रति आफ्नो जवाफदेहिता, भूमिका बिर्सिएरका नेतालाई म भन्न चाहन्छु उनको भनाइ थियो, तपाईं काठमाडौं नफर्किए हुन्छ यही सोच्ने हो भने । नजिकै देवघाट छ । नारायणी किनारबाट तपाईं देवघाट जानुस् । पाँच लाख कार्यकर्ताले १/१ रुपैयाँ उठाएर पनि तपाईंलाई सुनको कमण्डलु किन्न पुग्छ । उनले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको पनि चर्को आलोचना गरेका छन् । राजनीति गर्ने, देश बनाउँछु भन्नेले न्यायापालिका बनाउनु पर्छ कि पर्दैन भन्ने प्रश्न गरेका छन् ।

हिजो क्रान्ति गरेको गफ गर्नुहुन्छ । तर आजभोलि दैनिक रुवाबासीको भाषण गर्नुहुन्छ । म उहाँलाई जिम्मेवारीबोध गर्न दबाब दिन्छु, उनको प्रश्न थियो, नेपालको राजनीतिक रुपान्तरणमा हिजो जस्ताको तस्तै छोडिएको न्यायपालिका । राजनीति गर्छु देश बनाउँछु भन्ने न्यायापालिका बदल्नु पर्छ कि पर्दैन ?


प्रतिक्रिया दिनुहोस !


एमाले महाधिवेशन : मतगणना सुरू, दुई घण्टामा परिणाम आउने



काठमाडौं, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको भएको निर्वाचनको मतगणना सुरू भएको छ । केहीबेर अघिबाट भएको मतदानको परिणाम दुई घण्टामा आउने बताइएको छ । 

दुई हजार १५३ जना प्रतिनिधि रहेकामा दुई हजार ९६ मत खसेको छ । विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने भएको छ । 

अध्यक्षमा केपी शर्मा ओली र भीम रावलको प्रतिस्पर्धा छ । 
 

प्रतिक्रिया दिनुहोस !

एमाले महाधिवेशन : २०९६ मत खस्यो, अब मतगणना सुरू हुने



चितवन, १४ मंसिर 

नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा दुई हजार ९६ मत खसेको छ । 

कुल मतदाता दुई हजार १५३ जना रहेकामा दुई हजार ९६ मत खसेको निर्वाचन अधिकृत कमद पाठकले जानकारी दिए । उनकाअनुसार अबको केहीबेरमै मतगणना सुरू हुनेछ । 

विद्युतीय मेसिनबाट मतदान गरिएकाले चाँडै नै परिणाम आउने बताइएको छ । मतदान सकिएसँगै मुचुल्का उठाउने काम भइरहेको र अब केही समयमै मतगणना सुरू हुने अधिकृत पाठकले बताए । 

मतगणना भएको दुई घण्टामै परिणाम आउने अध्यक्ष पदका उम्मेदवार भीम रावलले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस !

विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: