१६ मंसिर २०७८, बिहीबार
 |   Thu Dec 2 2021
Logo

दार्चुलामा काग्रेस सभापतिका उम्मेदवार दुवै पक्षबीच झडप, आधा दर्जन घाईते



दार्चुला । नेपाली काँग्रेस दार्चुलाको अधिवेशन स्थलमा दुई पक्षबीच झडप हुँदा आधा दर्जन घाईते भएका छन् । मतदान सकिएर मतगणना सुरु गर्ने समयमा सभापतिका उम्मेदवार ललित बोहरा पक्ष र अर्का सभापतिका उम्मेदवार अमरसिंह धामी पक्षबीच झडप भएको हो ।

झडपमा धामी पक्षका केहि कार्यकर्ताहरु घाइते भएका छन् । घाइते हुनेहरुमा राजेन्द्र बिष्ट, सुरेश बिष्ट, बसन्त बहादुर साउँद लगायत रहेको र उनिहरुलाई उपचारका लागि अस्पताल लगिएको स्रोतले बताएको छ । तीन जनालाई बढी चोट लागेको र झण्डै एक दर्जन कार्यकर्ता घाइते रहेको बताइएको छ ।

नेपाली कांग्रेश दार्चुलाको कार्यसमिति र महाधिवेसन प्रतिनिधिका लागि सहमति जुटन नसकेपछि नेतृत्व चयनका लागि आज निर्वाचन भएको हो । जिल्ला सभापतिसहित कार्यसमिति र महाधिवेशन प्रतिनिधि गरेर १२५ नेताहरू चुनावी प्रतिस्पर्धामा छन । जिल्लाका प्रमुख नेताहरूनै चुनावी प्रतिस्पर्धामा भएकोले निर्वाचन प्रतिष्ठाको विषय समेत बनेको छ । दिउँसो १२ बजेदेखि सुरु भएको मतदान ६ बजे सम्पन्न भएको छ । कुल एक हजार ४२ मतदाता रहेकोमा ९५६ मत खसेको निर्वाचन समितिले जनाएको छ । पदाधिकारीसहित ४२ सदस्यिय जिल्ला कार्यसमिति र २५ जना महाधिवेसन प्रतिनिधि गरेर ६७ जना पदाधिकारी चयनका ९५६ जनाले मतदान गरेका हुन् ।

मतदान सम्पन्न भइसकेको र मतगणना सुरु हुनेबेला दुबै पक्षबिच झडप भएको हो । स्रोतका अनुसार बोहरा पक्षलाई अधिवेसनमा कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले समेत सहयोग गर्नुभएको छ । नेपाली कांग्रेशको सभापतिसहित ४२ सदस्यिय जिल्ला कार्य समितिका लागि ६६ जनाको उम्मेदवारी छ । यस्तै २५ जना महाधिवेशन प्रतिनिधिका लागि ५९ जनाको उम्मेदारी परेको छ । महाधिवेसन प्रतिनिधिमा जिल्लाका प्रमुख नेताहरु चुनाव लडिरहेकोले कांग्रेशको निर्वाचनलाई निकै चासोका साथ हेरिएको छ । दलित प्रतिनिधितर्फ गोबर्धन कोलीको मात्रै उम्मेदवारी परेकोले निर्विरोध निर्वाचित भइसक्नुभएको छ । अरु प्रतिनिधिहरुविच भने चुनावी प्रतिस्पर्धा भएको हो ।

कांग्रेश दार्चुलाको जिल्ला सभापतिमा एक जना, उपसभापतिमा २ जना, सचिवमा २ जना, सहसचिव २ जना, जिल्ला कार्य समिति सदस्यमा भूगोल र समावेसीसहित ४२ जना निर्वाचित हुनेछन् । काँग्रेस जिल्ला कार्यसमिति सभापतिका लागि ललितसिह बोहरा र अमरसिह धामीको उम्मेदवारी दर्ता भएको छ । बोहरा वर्तमान जिल्ला सभापति हुन भने धामी उपसभापति हुन् । सभापतिका उम्मेदवार बोहरा पौडेल पक्षमा खुलेको नेताहरुको दाबी छ । कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडू समेत पौडेल पक्षमै भएकोले बडूको सहयोगमा बोहरा सभापति बन्ने सम्भावना बलियो रहेको केहि नेताहरुको दाबी छ । सभापतिका अर्का उम्मेदवार धामी समेत विगतमा पौडेल पक्षमै रहेपनि यो पटक देउवा पक्षका मतहरु लिने र भूगोलको समेत प्रतिनिधित्व गरेर मतदाताहरुसंग सहयोग मागिरहेकोले भूगोल र आफु निकटका पौडेल पक्षका उम्मेदवारसंगै देउवा पक्षले साथ दिएमा धामी सभापतिमा निर्वाचित हुने सम्भावना समेत उत्तिकै बलियो रहेको स्रोतको भनाई छ ।

नेताहरुको प्रतिक्रियालाई आधार मान्ने हो भने सभापतिमा दुबै उम्मेदवारबिच कडा प्रतिस्पर्धा हुनेछ । मन्त्री बडूले कुन उम्मेदवारलाई खुला वा मौन समर्थन गरेको भन्ने कुराले सभापति को बन्ने भन्ने कुरामा प्रभाव राख्ने नेताहरुको दाबी छ । दुबै पक्षबिच भएको झडपले कांग्रेशभित्र अस्वस्थ्य प्रतिस्पर्धा रहेको कुरालाई पुष्टि गर्ने नेताहरु बताउछन ।


प्रतिक्रिया दिनुहोस !


शशांकले भने- कांग्रेस कसैसँग गठबन्धन गर्दैन, पौडेल भन्छन- एकलकाटे हुनुहुँदैन



पोखरा, १६ मंसिर

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आगामी निर्वाचनमा गठबन्धनको संकेत गरेका छन् । पोखरामा गण्डकी प्रदेश अधिवेशनको उद्घाटनलाई सम्बोधन गर्दै उनले नयाँ संविधानपछि कसैले पनि बहुमत ल्याउने अवस्था नभएकोले मन मिल्नेहरूसँग गठबन्धन आवश्यक रहेको बताए ।

‘कम्युनिष्ट पार्टीमा एकथरी पृथक अस्थित्व बनाएर बसेका छन् । केपी ओलीहरू एकातिर छन् । परिस्थितिले उनीहरू फेरि एकैतिर खनिने अवस्था भए कस्तो होला ? अहिले मैले सम्झाउन जरुरी छ । हामी एकोरिँदै गयौं भने गएकै चुनावको ठाउँमा पुगौंला,’ उनले भने, ‘गएको चुनावमा के भयो ? सबै एकातिर हामी अर्काेतिर । परिणाम के भयो ? अहिलेको अहिले नै बिर्सने ?’

उनले कसैले एकल बहुमत ल्याउन नसक्ने बताए । ‘अहिले जे संविधान बनाएका छौं, यो संविधानले समावेशी व्यवस्था ल्याएका छौं । सितिमिती कुनै पार्टीको एब्सुलुट मेजोरिटी आउँदैन । पूरा बहुमत ल्याएर कसैले सरकार चलाउन धेरै कठिन छ । अरूसँग नमिलिकन सम्भव छैन,’ उनी अघि भन्छन्, ‘जसरी शेरबहादुरजी अहिले प्रधानमन्त्री बन्नुभएको छ, उहाँ एक्लै कांग्रेसको मात्र हो र ? यो कुरालाई ध्यान दिनुहोस् । भोलिको चुनावमा पनि कांग्रेसलाई एक्ल्याउने कुरा नगरम । कांग्रेसलाई आईसोलेसनमा पुर्‍याउने कुरा नगरौं ।’

यसअघि बोल्दै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले कांग्रेस आगामी चुनावमा कसैसँग नमिल्ने बताएका थिए । ‘आउँदो निर्वाचनमा तिक्तता नहोस् । कांग्रेसले कसैसँग मिल्नु हुँदैन । कसैसँग नमिलेर हामी एक्लै हिड्नुपर्छ । र हामी विजय हासिल गर्छौं । त्यो अठोट हामीसँग हुनुपर्छ,’ उनले भने ।

कोइरालाले पार्टीलाई बहुमत दिलाउन नेता कार्यकर्तासँग आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

गण्डकी कांग्रेसमा विवाद : बोल्न नपाएको निहुँमा नाराबाजी, मनोनयन शुल्क घटाउन माग



पोखरा, १६ मंसिर

गण्डकी प्रदेशको जारी अधिवेशनअन्तर्गत बिहीबार उद्घाटन सभामै नाराबाजी भएको छ । आफ्नो पक्षका उम्मेद्वार आकांक्षीलाई बोल्न नदिएको भन्दै संस्थापनइतरका नेता कार्यकर्ताले नाराबाजीसहित प्रदर्शन गरेका हुन् ।

कार्यक्रममा केन्द्रीय सदस्य तथा प्रदेश सभापति पदका उम्मेद्वार अर्जुन जोशी बोलेपछि संस्थापनइतरका आकांक्षीले आफुहरू पनि बोल्न पाउनुपर्ने माग राखे ।

यहाँ संस्थापनबाट जोशी निर्विकल्प उम्मेद्वार बनेका छन् भने इतर पक्षले उम्मेद्वार टुंग्याउन सकेको छैन । कास्कीबाट शुक्रराज शर्मा, देवराज चालिसे र यज्ञबहादुर थापा आकांक्षी छन् । विवादपछि तीनै जनालाई बोल्न दिइएको छ । कांग्रेस कास्कीका सचिव भानु ढकालको नेतृत्वमा असन्तुष्टहरूले नाराबाजी गरेका हुन् ।

यसैबीच, संस्थापनइतरका नेताहरूले उम्मेद्वारी शुल्क अत्यधिक चर्को भएको भन्दै घटाउन माग गरे । नेता महादेव गुरुङले यो शुल्क तिरेर कोही पनि उम्मेद्वार बन्न नसक्ने बताए । गण्डकी कांग्रेसको सभापति उम्मेद्वार बन्न ९१ हजार शुल्क छ । उपसभापतिमा ६१, महामन्त्रीमा ५१, सहमहामन्त्रीमा ४१ र सदस्यको नाम दर्ता गराउन ३१ हजार तोकिएको छ । यस्तै, प्रवेश शुल्कका लागि २ हजार ५ सय छ ।

कार्यक्रम स्थलमै विरोध भएपछि केन्द्रीय निर्वाचन कमिटीले तोकेकै मूल्य कायम हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कांग्रेस महाधिवेशन : नेतृत्व चयन गर्दा ध्यान पुर्‍याउन नेता सिंहको आग्रह



हेटौँडा, १६ मंसिर

नेपाली कांग्रेस नेता प्रकाशमान सिंह पार्टीको नेतृत्व चयन गर्दा ध्यान पु¥याउन कार्यकर्ताहरूलाई आग्रह गरेका छन् ।

हेटौडामा भएको कांग्रेस बाग्मती प्रदेश अधिवेशनको उद्घाटन गर्दै बिहीबार नेता सिंहले नेतृत्वकै कारण पार्टी कमजोर अवस्था पुगेकाले नेतृत्व चयन गर्दा ध्यान पु¥याउन आग्रह गरे ।

‘नेतृत्व चयन गर्दा ध्यान नदिने अनि कांग्रेसले काम गरेन भनेर गुनासो गर्ने ?’ उनले भने, ‘नेतृत्वकै कारणले पार्टी कमजोर अवस्थामा आएको छ । नेतृत्व चयन गर्दा तपाईंहरूले ध्यान दिनु पर्दछ ।’

कांग्रेसको नेतृत्वमा संविधान जारी गर्दा पनि जनताले नेतृत्वकै कारण भोट नदिएको बताएउँदै उनले भने, ‘संविधान जारी गरी जनतामा जाँदा दुई तिहाइ त कांग्रेसले पाउनुपर्ने हो । तर, कम्युनिष्टहरूले प्राप्त गरे।’

संविधान जारी गरेको कांग्रेसले यसको संस्थागत तथा लागू गर्ने जिम्मेवारी पनि कांग्रेसमा नै रहेको नेता सिंहको भनाइ छ ।

समयमा नै ख्याल नगरे लामो संघर्ष र बलिदानबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा रहेको बताउँदै उनले कम्युनिटहरूले प्राप्त उपलब्धीहरू नष्ट गर्न लागि परेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: