१४ मंसिर २०७८, मंगलवार
 |   Tue Nov 30 2021
Logo

कहिले बन्ला बैतडीको सिगास माविको भवन ?



बैतडी, १० मंसिर

बैतडीको पाटन नगरपालिका-३ मा स्थित सिगास माध्यमिक विद्यालय गौरीशंकर पोखरीमा भवन बनाउन आर्थिक बर्ष २०७७/०७८ मा नगरपालिकाले बजेट विनियोजन गर्याे । संघीय सरकारको समपुरक कोषमार्फत ७२ लाख रकम विनियोजन भएको थियो । विद्यालय भवन निर्णमा ठुलो रकम आएपछि विद्यार्थी, शिक्षक, अविभावकदेखि स्थानीयवासीसमेत खुसी भएका थिए । वार्षिकोत्सवका दिन विद्यालयमा पुगेका नगरप्रमुख केशवबहादुर चन्दलगायतको टोलीले नयाँ भवन बन्ने भनि जनश्रमदानमा बनेको पुरानो भवनलाई भत्काउन दिएकाे निर्देसनसँगै भत्काइएकाे थियो । पुरानो भवन भत्काइएको र नयाँ भवन अहिसम्म नबन्दा विद्यार्थीहरू मारमा परेका छन् ।

भवन बनाउन ठेक्का एस के निर्माण सेवाले ठेक्का पाएका थियाे । साेहीअनुसार निर्माण कम्पनीले आठ वटा खाडल पनि खनेकाे थियाे । तर, त्यसबाहेक अन्य केही काम हुन सकेकाे छैन् । ठेकेदारले गत असार मै चौरमा केही ढुंगा र इट्टा पुर्याएकाे थियो । सम्झाैताअनुसार गत आर्थिक बर्षमै भवन बनिसक्नु पर्ने हाे ।

सिगास माविको भवन निर्माण नहुँदा विद्यार्थीहरूलाई पठन पाठनमा समस्या भएको छ । पुरानो भवन भत्काइएकाले कक्षा ९ र १० का विद्यार्थीलाई चाैर मै राखेर पठनपाठन गरिँदै आएकाे छ । नयाँ भवनमा कक्षा कोठा हुन्छ भन्दै खुसी भएकाेमा अहिले चाैरमा बसेर पढ्नु पर्ने बाध्यता भएकाे विद्यार्थी हरिदर्शन अवस्थीले बताए ।

भवन छिटो बनाइदिन माग गर्दै विद्यालयले पटक पटक नगरपालिकामा लिखित तथा मौखिक जानकारी गराएको विद्यालयका प्रधानाध्यापक धनिदत्त पन्तले बताए । उनले भने,‘हामीसँग गतिलो भवन छैन् । पाँच सयभन्दा बढी विद्यार्थी छन् । सिलेटले छाएका पाँच वट पुराना घर छन् र एउटा मल्टिस्टोर भवन छ । जसोतसो काम त चलाएका छौँ । तर, गतिलो भवन भने छैन् । ७२ लाख रकम हाम्रो स्कुलमा आयो भनि खुसी भएका थियौँ । अहिलेसम्म भवन बन्न सकेन् । पैसा आयो भनेर के गर्नु ? ठेकेदारको लापरवाहीले भवन बन्न सकेन् । अझै पनि काम सुरू नभएमा हामी विद्यार्थी, शिक्षक र अविभावक नगरपालिका घेराउ गर्न जान्छौँ ।’

पाटन नगरपालिका नगर कार्यपालिकाको २ मंसिरमा सम्पन्न बैठकले एसके निर्माण सेवालाई नगरपालिकाका कुनै पनि काम नगराउनेसम्मको निर्णय गरेको छ । नगरप्रवक्ता लोकबहादुर भण्डारीले भने, ‘एसके निर्माण सेवाका सञ्चालक मदनमोहन विष्टले काम गरेका अधिकांश ठेक्का अलपत्र परेका छन् । वडा नम्बर ६ को पुल सात बर्षदेखि अलपत्र छ भने वडा नम्बर १० को कार्यालय भवन अलपत्र छ । अब हामी एसके निर्माण सेवालाई कुनै पनि ठेक्का दिन सक्दैनौँ । अहिले सिगास माविको भवन बनाउन म्याद थपेका छौँ । उक्त म्यादभित्रै काम सम्पन्न नगरे ठेक्का रद्द गरि फेरी अर्को टेण्डर आह्वान गछौँ ।’

पाटनमा रहेको एसके निर्माण सेवाले ठेक्का पाएका कुनै पनि आयोजनाको काम सन्तोसजनक ढंगले नगरेकाले उक्त निर्माण सेवालाई कालोसूचीमा राखेर नगरपालिकाका कुनै पनि ठेक्कामा संलग्न नगराउन जरुरी रहेको नगरप्रवक्ता लोकबहादुर भण्डारीले बताए ।


प्रतिक्रिया दिनुहोस !


विद्यार्थीहरुलाई प्राथमिक उपचार तालिम सम्पन्न



रोट्रयाक्ट क्लब अफ धरान घोपाले कार्मेल स्कूल, बुद्ध चौक र दिल्ली पब्लिक स्कुल, घोपामा प्राथमिक उपचार तालिम सञ्चालन गरेको छ ।

आफ्नो दीर्घकालीन परियोजना “पुनर्जीवन – जीवनको आशा” अन्तगर्त विद्यालयका विभिन्न तहमा अध्ययनरत विद्यार्थीहरूलाई प्राथमिक उपचार र यसको तरिकाहरु बारे सचेत गरिएको थियो ।

यसको मुख्य उद्देश्य विद्यार्थीहरूलाई रक्तश्राव, इपिस्टासिस(नाकबाट रगत बग्ने), फ्र्याक्चर, स्प्लिन्ट, कुकुरको टोकाइ र सर्पको टोकाइ जस्ता विपत्तिको बेला चाल्नु पर्ने कदम र लिनु पर्ने सावधानी बारे सचेत बनाउनु रहेको थियो ।

यस कार्यक्रम विद्यालय क्षेत्रमा करिब बिहान ११ बजेबाट विद्यार्थी, शिक्षक र क्लबका केही सदस्यहरू सहित १५० सहभागीहरूको उपस्थिति सहित सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस !

६७६ स्थानीय तहमा पुग्यो ब्रोडब्याण्ड इन्टरनेट, ९६ प्रतिशत जडान सम्पन्न



मुलुकभर ब्रोडव्यान्ड इन्टरनेट पुर्‍याउने परियोजना अन्तर्गत नेपाल दूरसञ्चार प्राधिकरणले ६७६ स्थानीय तहमा ब्रोडब्याण्ड इन्टरनेट जडान गरेको छ ।

प्राधिकरणका अनुसार गत कात्तिक मसान्तसम्म ६७६ स्थानीय निकायको कार्यालयमा इन्टरनेट जडान सम्पन्न भएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको तथ्यांक अनुसार ५ हजार ६५३ वडा कार्यालय, ५ हजार ३ माध्यामिक विद्यालय र ४ हजार १७ स्वास्थ्य संस्थामा इन्टनरेट जडान भएको छ ।

प्राधिकरणले देशका ७०२ स्थानिय तहमा इन्टरनेट सेवा पुर्‍याउन १८ प्याकेजमा विभिन्न इन्टरनेट सेवा प्रदायकसँग सम्झौता गरेको थियो । जस अनुसार अब २६ वटा स्थानीय तहमा मात्रै इन्टरनेट पुर्‍याउन बाँकी रहेको छ ।

ग्रामीण दूरसञ्चार विकास कोष परिचालन गरी ब्रोडब्याण्ड सेवा उपलब्ध गराउने १८ ‌ओटा प्याकेजमध्ये १६ ओटा प्याकेजहरु मार्फत् ६५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा १०० प्रतिशत काम सकिएको छ ।

यस्तै १ ओटा प्याकेज मार्फत् ५ जिल्लाहरुमा तोकिए बमोजिमका स्थानहरुमा ५० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।

साथै ४ प्याकेज मार्फत् ४ जिल्लामा तोकिए बमोजिमका स्थानहरुमा ३० प्रतिशतभन्दा बढी काम सकिएर सेवा सञ्चालनमा आएको छ । ब्रोडब्याण्ड इन्टरनेट जडानको काम ९६.०४ प्रतिशत सकिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

कास्कीमा बस दुर्घटना हुँदा चालकको मृत्यु, आठ जना घाइते



१४ मंसिर,पोखराःकास्कीमा यात्रवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । अन्नपूर्ण गाउँपालिका–३ पाउदुरमा भैरहवाबाट बागलुङका लागि छुटेको बस सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा घाइते भएका बस चालक पाल्पाका भुपनाथ खनालको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।  

दुर्घटनामा बागलुङका  शिवराम शर्मा, कृष्ण खड्का, राजु श्रेष्ठ, उमलाल श्रेष्ठ, सुवर्ण सापकोटा,  पर्वत फलेवासका सूर्य तिवारी, चितवन भरतपुरका साधना उपाध्याय, दुर्घटनास्थल पाउदुरकी माया विक घाइते भएका कास्की प्रहरी प्रवक्ता सुन्दरमणी तिवारीले जानकारी दिए । 

उनीहरुको पोखरास्थित फिस्टेल र गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।
 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: