१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

एमाले महाधिवेशनको उदघाटन समारोह [LIVE]




प्रतिक्रिया दिनुहोस !


जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रिय सभाबाट बढारियो एमाले, १९ मध्ये एक सिट मात्र हातमा



काठमाडौं । राष्ट्रिय सभामा रिक्त हुने १९ पदका लागि भएको निर्वाचनको नतिजा गठबन्धनको पोल्टामा परेको छ । सार्वजनिक नतिजा अनुसार लुम्बिनी, सदूरपश्चिम, बागमती र गण्डकी, र कर्णालीमा गठबन्धनको प्यानल विजयी भएको छ । प्रदेश १ मा भने एक सिट प्रमुख प्रतिपक्षी नेकपा एमालेले हत्याउन सफल भएको छ । लुम्बिनीको राष्ट्रियसभा सदस्यको तीन रिक्त पदमा एमालेका उम्मेदवारलाई हराउँदै सत्ता गठबन्धनबाट खु्ल्ला सदस्यमा कांग्रेसका युवराज शर्मा, महिला सदस्यमा नेकपा एकीकृत समाजवादीकी राजेन्द्रलक्ष्मी गैरे र दलित सदस्यमा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्मा निर्वाचित हुनु भएको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा पनि सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । गठबन्धनकातर्फबाट माओवादीका जगत पार्की, एकीकृत समाजवादीकी गरिमा शाह र कांग्रेस नारायण मिश्र विजयी हुनुभयो । कर्णालीमा गठबन्धनका तर्फबाट माओवादीका केन्द्रका नरबहादुर विष्ट, कांग्रेसकी दुर्गाकुमारी गुरुङ र एकीकृत समाजवादीका उदय बोहोरा निर्वाचित बनेका हुन् ।
बागमती प्रदेशको राष्ट्रियसभा निर्वाचनमा सत्ता गठबन्धन दलका संयुक्त उम्मेदवारमा गोमादेवी तिमल्सिना र अन्यमा गठबन्धन दलकै कृष्णप्रसाद पौडेल विजयी भएका छन् । तिमल्सिना नेकपा एकीकृत समाजवादी पार्टी र पौडेल कांग्रेसका उम्मेदवार हुन् ।

गण्डकीमा गठबन्धनका सुरेश आले मगर, कमला पन्त र भुवन सुनार निर्वाचित हुनुभयो । उता प्रदेश नम्बर १ मा गठबन्धन उम्मेदवार पराजित भएका छन् । गठबन्धनबाट जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राईलाई हराउँदै एमाले उम्मेदवार सोनम ग्याल्जेन शेर्पाले जित हात पार्नुभयो ।

गठबन्धनकै उम्मेदवारको अन्तर्घातका कारण राईले पराजय बेहोर्नुपरेको बताइएको छ । राई जनता समाजावादी पार्टीको तर्फबाट गठबन्धनका उम्मेदवार हुनुहुन्थ्यो । अर्को सिटमा नेकपा एकीकृत समाजवादीकी जयन्ती राईले बाजी मार्नुभयो । प्रदेश १ मा अन्यतर्फको सदस्यमा नेपाली कांग्रेसका गोपाल बस्नेत निर्वाचित हुनु भएको छ । एमालेका उम्मेदवार गुरु बराल र बस्नेतले बराबर मत ल्याएपछि गोला प्रथाबाट विजेताको टुंगो लगाइएको हो । मधेश प्रदेशमा पनि सत्तारुढ गठबन्धका उम्मेदवार माओवादी केन्द्रकी उर्मिला अर्याल र जनता समाजवादी पार्टीका मोहम्मद खालिद सिद्दिकी विजयी भएका छन् ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: