१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

आधा दर्जन युवा नेताहरुद्वारा विप्लवको पार्टी परित्याग



काठमाडौं । सरकारसँग तीन बुँदे सहमति गरेर क्रान्तिको बाटो परित्याग गर्न खोजेको भन्दै आधा दर्जन युवा नेताहरुले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी परित्याग गरेका छन् । गत वर्ष विप्लवले भूमिगत राजनीतिबाट खुल्ला राजनीतिमा प्रवेश गरेसँगै निष्क्रिय रहेका युवा नेताहरुले विप्लवको पार्टी परित्याग गरेका हुन् ।

पार्टी परित्याग गर्नेहरुमा पूर्व सगरमाथा ब्युरो सदस्य उदयपुरका जिल्ला सदस्य दलित मुक्ति मोर्चाको केन्द्रीय उपाध्यक्ष डि.वि लामी छाने, काठमाडौं जिल्ला सदस्य सम्पर्कको उदयपुर इन्चार्ज धेरै पटक हिरासद परेको शिव राई, महिलाको केन्द्रीय सदस्य महिलाको सगरमाथा इन्चार्ज रितु, सम्पर्क मञ्च काे केन्द्रिय सदस्य सुनसरी इन्चार्ज पूर्व जनमुक्ति सेना एल.वि.थापा, सम्पर्क मञ्च काे केन्द्रिय सदस्य गोरखा नुवाकोट इन्चार्ज सम्पर्ककाे उदयपुरका जिल्ला सदस्य त्रियुगा वडा नं 14 को इन्चार्ज अगम मगर, त्यस्तै एलबी मगर रहेका छन् ।


प्रतिक्रिया दिनुहोस !


भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा छाडिदैन : श्रममन्त्री श्रेष्ठ



काठमाडौं । श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुवई पु¥याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् । विहीबार मन्त्रालयमा भिजिट भिसामा दुवई पुगेर दुःख पाएका युवाहरुसँगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् ।

उनले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गरे । भिजिट भिसामा दुवई पुर्‍याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस !

सन्दीप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण श्रेणी ए मा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण गरेको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष खेलाडी वर्गीकरण गरेको हो । क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो । पुरुष खेलाडीतर्फ कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी ग्रेड एमा रहेका छन् ।

ग्रेड बीमा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहँदा ग्रेड सीान कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् ।

यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड एुमा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् । यस्तै ग्रेड बीमा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहँदा ग्रेड सीमा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

वैशाखमै चुनाव गर्न राष्ट्रपतिको दबाब



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: