५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

एमालेले पदाधिकारी संख्या बढायो, कुन पदमा कति रहने?



काठमाडौं । नेकपा (एमाले)ले केन्द्रीय पदाधिकारी र सदस्यहरुको संख्या थप्नेबारे राखेको प्रस्ताव पारित गरेको छ ।शुक्रबार १०औं राष्ट्रिय महाधिवेशन उद्घाटनपछि बसेको केन्द्रीय कमिटी बैठकले पार्टीको संरचना र पार्टी पदाधिकारी के कति रहने भन्नेबारे निर्णय गरेको हो ।अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकतामा विशेष जोड दिंदै केन्द्रीय पदाधिकारी र सदस्यहरूको संख्या थप्न राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित गरिएको एमालेले जनाएको छ ।  उक्त निर्णयसँगै १९ पदाधिकारी नयाँ थपिने भएका छन् ।

योसँगै अब एमालेमा १ अध्यक्ष, ६ उपाध्यक्ष, १ महासचिव, ३ उपमहासचिव, स्थायी कमिटी ४५ यथावत् रहने, पोलिट्ब्युरो एक तिहाई सदस्यको बनाउने (९९) सदस्यीय र ​केन्द्रीय कमिटी ३०१ सदस्यीय बन्ने भएको छ ।आयोगगहरू (२५) सदस्यीय र प्रदेश, जिल्लाको आधार संख्या ७५ सदस्यीय बन्ने भएको छ । यही संरचना अनुसार अधिवेशनले पदाधिकारी नियुक्त हुनेछन् । एमालेमा सकभर सर्वसम्वतको चर्चा छ । यद्यपि सर्वसम्वत नभएको अवस्थामा भने निर्वाचन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !


नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन ठेक्कामै मिलेमतो



काठमाडाैं । बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि नारायणहिटी दरबार संग्रहालय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ।

समितिले आज (साेमवार) पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा क्यान्टिन क्षेत्रको स्पष्ट सीमांकन नभएकाले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको निकालेकाे हाे ।

प्रतिवेदनमा बतास समूहले बढी क्षेत्र ओगटेर निर्माण गरेको उल्लेख  गरिएकाे छ। नयाँ संरचना बनाइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै कारबाही नगरेको भन्दै समितिले निर्दवेशक भेषनारायण दाहाललाई पनि दोषी देखाएको प्रतिवेदनमा उल्लेख छ।

टेन्डरमा आउँदा एउटै परिवारका सेयर सदस्य रहेका तीनवटा फर्म रहेकाले प्रक्रियामै मिलेमतो रहेको हुन सक्ने समितिकाे प्रतिवेदनमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

प्रचण्डको पक्षपात, कान्छी बुहारी बिनालाई काखा सिर्जना त्रिपाठीलाई पाखा



काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै परिवारबाट ४ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाए पनि आफ्नी जेठी बुहारीसिर्जना त्रिपाठीलाई भने छुटाएका छन् । पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा कास्की जिल्लाबाट प्रतिनिधि बनेकी आफ्नै जेठी बुहारीलाई भने केन्द्रीय समितिमा राखेनन् । प्रचण्डका छोरा पकाशले सिर्जनासँग सम्बन्ध विच्छेद नगर्दै बिना मगरसँग विवाह गरेका थिए ।

माओवादी केन्द्रीय समितिमा प्रचण्डका दाइ काकाको छोरा नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगरसमेत चयन भएका छन् । नारायण दाहाल खस आर्यतर्फ एक नम्बरमा परेका छन् । त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी छन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन् । कान्छा ज्वाइ जीवन आचार्य पनि केन्द्रीय सदस्यका दाबेदार थिए । तर उनको भने नाम अध्यक्ष प्रचण्डले पढेको सूचीमा छैन ।

प्रतिक्रिया दिनुहोस !

माओवादी महाधिवेशन : केन्द्रीय सदस्यले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव



काठमाडौं, १४ पुस 

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । 

समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रुपमा समुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागु गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको हो । 

महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । 

महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो । 

गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: