१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

ओलीकाे सहमति प्रयासबारे मलाई जानकारी छैनः भीम रावल



चितवन, ११ मंसिर

एमालेकाे १०औं महाधिवेशनमा अध्यक्षका प्रत्यासी नेता भीम रावलले पार्टी अध्यक्ष केपी ओलीले गरेको सहमति प्रयासबारे आफू जानकार नभएको बताएका छन् ।

दुई जना नेताबीचको संवादपछि रावललाई वरिष्ठ उपाध्यक्ष दिन ओली तयार भएको विषयमा पत्रकारहरूको जिज्ञसामा रावलले भने, ‘अध्यक्षज्यूले सहमति खोज्न गरेका भनिएका प्रयासबारे मलाई थाहा छैन, मलाई कुनै जानकारी नै दिइएको छैन ।’ उनले अफ्नो उम्मेदवारी कायम रहेकोसमेत बताएका छन् ।

नेता रावलले महाधिवेशनको बन्दसत्र ढिलाइ भएकोमा आक्रोशसमेत व्यक्त गरे । अध्यक्ष ओलीको कार्यक्रममा ढिलो आउने बानीका कारण समस्या भएको भन्दै उनले समयमै चल्न ओलीलाई सुझावसमेत दिएका छन् । बन्दसत्रका प्रतिनिधिसँग रावलले मत माग्न थालिसकेका छन् ।


प्रतिक्रिया दिनुहोस !


भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा छाडिदैन : श्रममन्त्री श्रेष्ठ



काठमाडौं । श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुवई पु¥याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् । विहीबार मन्त्रालयमा भिजिट भिसामा दुवई पुगेर दुःख पाएका युवाहरुसँगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् ।

उनले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गरे । भिजिट भिसामा दुवई पुर्‍याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस !

भारतीय विदेशमन्त्री जयशंकरलाई कोरोना संक्रमण



काठमाडौं : भारतीय विदेशमन्त्री एस जयशंकरलाई कोरोना संक्रमण भएको छ । जयशंकरले आफूलाई संक्रमण भएकोबारे बिहीबार सामाजिक सञ्जालमा एक ट्वीट गर्दै  जानकारी दिएका हुन् ।  उनले आफ्नो सम्पर्कमा आएका व्यक्तिहरुलाई आवश्यक सावधानी अपनाउन आग्रह गरेका छन् ।

भारतमा पछिल्लो समय कोरोना संक्रमितको संख्या तिव्ररुपमा बढिरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा थप २ लाख ८६ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ ।  भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लोल २४ घण्टामा थप ५ सय ७३ जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस !

वैशाखमै चुनाव गर्न राष्ट्रपतिको दबाब



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: