५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

निजामतीमा तीन तहको पद थप्नेदेखि उमेर हद बढाउनेसम्मको तयारी



काठमाडौं । मुलुक संघीयतामा गएको साढे तीन बर्ष व्यतित भइसकेको छ । यो बीचमा ठेकेदार तथा व्यापारीहरुको स्वार्थ अनुकुल सार्वजनिक गरिद ऐन ६ पटक संशोधन गराइसकिएको छ तर लाखौं कर्मचारीहरु चलाउनु पर्ने मूल कानुन अलपत्र छ । राज्यव्यवस्था तथा सुशासन समितिको ६१ वटा बैंठक बसेर झण्डै राज्यकोषको ३३ लाख रकम समितिका सांसदहरुले भत्ता र यातायात खर्च वापत बुझे पनि कर्मचारीहरुको मूल ऐन बनाउन भन्दै तर समितिबाट पास भएर हाउसमा पुगेको विद्येयक अलपत्रमात्र परेन अब अध्यादेशकै आडमा कर्मचारीहरुको मूल कानुन ल्याउनुपर्न सरकारको बाध्यता छ । अब सरकारले सङ्घीय निजामती सेवा ऐन ‘संशोधन अध्यादेश’ मार्फत ल्याउन लागेको ती सचिवले जानकारी दिए । संशोधन अध्यादेशमा केही बुँदाहरु थपिने छन् ।

जस्मा मुलुक संघीयतामा गएको साढे तीन बर्ष व्यतित भइसकेको छ । यो बीचमा ठेकेदार तथा व्यापारीहरुको स्वार्थ अनुकुल सार्वजनिक गरिद ऐन ६ पटक संशोधन गराइसकिएको छ तर लाखौं कर्मचारीहरु चलाउनु पर्ने मूल कानुन अलपत्र छ । राज्यव्यवस्था तथा सुशासन समितिको ६१ वटा बैंठक बसेर झण्डै राज्यकोषको ३३ लाख रकम समितिका सांसदहरुले भत्ता र यातायात खर्च वापत बुझे पनि कर्मचारीहरुको मूल ऐन बनाउन भन्दै तर समितिबाट पास भएर हाउसमा पुगेको विद्येयक अलपत्रमात्र परेन अब अध्यादेशकै आडमा कर्मचारीहरुको मूल कानुन ल्याउनुपर्न सरकारको वाध्यता छ । अब सरकारले सङ्घीय निजामती सेवा ऐन ‘संशोधन अध्यादेश’ मार्फत ल्याउन लागेको ती सचिवले जानकारी दिए । संशोधन अध्यादेशमा केही बुँदाहरु थपिने छन् ।

जस्मा निजामती कर्मचारीहरुको उमेर हद २ बर्ष थपेर ६० बर्ष कायम गर्ने तयारी चल्दैछ । एउटै ढुकुटीबाट तलबभत्ता खाने सरकारी कर्मचारीहरुको सेवा अवधिको उमेर हद फरक फरक रहेकोमा त्यसलाई एकरुपता ल्याउन खोजिएको हो । अध्यादेशबाट ल्याउन खोजिएको ऐनमा निजामती कर्मचारीको उमेर हद २ बर्ष बढाएर ६० वर्ष बनाउने तयारी चल्दैछ । छिटो अवकाश हुँदा पेन्सनको भार बढ्ने भएकाले त्यसलाई घटाउनका लागि समेत उमेर हद बढाउन खोजिएको जनाइएको छ । यस्तै, संशोधन अध्यादेशमा निजामतीमा तीन तह पद थप्ने तयारी चल्दैछ ।

संघीय मामिला तथा सामान्य प्रशासन स्रोतले दिएको जानकारी अनुसार अधिकृतदेखि सचिवसम्म तीन पद थप गर्ने तयारी गरेको छ । जसअनुसार, अधिकृतबाट उपसचिव, उपसचिवबाट सहसचिव र सहसचिवबाट सचिवमा बढुवा हुनुअघि एक–एक श्रेणी थप हुनेछ । मन्त्रालयका अधिकारीहरुका अनुसार यसरी एक पद थप्दा प्रदेश सचिव, विभागीय प्रमुख, उपसचिव र अधिकृत प्रमुख भएका कार्यालयहरूमा कनिष्ठ र वरिष्ठका आधारमा कामकाज गराउन सहज हुने छ । कर्मचारीहरुमा तल्ला तह (प्रदेश र स्थानीय तह) मा जान अनिच्छुक देखिएसँगै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तल्ला तहमा गएर काम गरेपछि मात्र बढुवा गर्ने व्यवस्था गर्ने लागेको बताइएको छ ।

सामान्यले तल्ला तहमा भर्खरै लोकसेवा उत्र्तीण गरेका कर्मचारी पठाउँदा सेवा प्रवाह र कार्यसम्पादनसमेत प्रभावकारी नभएको निष्कर्ष निकाल्दै ती तहमा अनुभवी तथा दक्ष कर्मचारी पठाउनका लागि यस्तो व्यवस्था गर्न लागेको मन्त्रालयका सह सचिव राजिव पोखरेलले इकर्मचारीलाई बताए । अध्यादेशमा साहाक सचिव र साहायक उपसचिव पदको व्यवस्था गर्न लागिएको हो । साहायक सचिव पद बनाएर तिनलाई प्रदेशमा पठाउने र सहायक उपसचिव पद बनाएर तिनलाई स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत बनाउने गरी छलफल अघि बढेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय स्रोतले जनाएको छ ।

सामान्यका सह सचिव पोखरेलका अनुसार अब कम्तीमा ५ वर्ष शाखा अधिकृतका रूपमा सेवा प्रवाह गरिसकेको तर उपसचिव पदमा बढुवा भइनसकेको शाखा अधिकृत र उपसचिवको बीचमा छुट्टै पद निर्माण गरी ती कर्मचारीलाई स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतको बनाएर पठाइनेछ । यस्तै पाँच वर्षसम्म सहसचिव भई सेवा गरिसकेका सहसचिवलाई विशेष सहसचिवको पद निर्माण गरी तिनलाई प्रदेश सचिवको जिम्मेवारी प्रदान गर्ने गरी सामान्यले गृहकार्य गरिरहेको छ । यस्तै अध्यादेशमा कर्मचारी समायोजन ऐनमा भएका केही प्रावधान परिवर्तन गरिने तयारी चल्दैछ । बढुवा, भर्ना प्रणाली, उमेरको समयावधि, थप पदहरूको व्यवस्थालगायत खास–खास समेटेर अध्यादेश ल्याउन लागिएको छ । यस्तै यस अघि स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृत संघले नै खटाउँदै आएकोमा सो अधिकार प्रदेश प्रमुख सचिवलाई दिन लागिएको छ ।

सरकारले स्थानीय तहका कर्मचारीको सरुवाको अधिकार प्रदेश प्रमुख सचिवले दिन लागेको छ । मन्त्रालयले आफ्नो नीतिगत कामभन्दा पनि सधैंभरि कर्मचारी सरुवामै व्यस्त रहनुपरेपछि सरुवासम्बन्धी कार्यबोझलाई घटाउन भन्दै मन्त्रालयले स्थानीय तहका कर्मचारी सरुवाको अधिकार प्रदेश प्रमुख सचिवलाई दिन लागेको हो । निजामती सेवा ऐन २०४९ अनुसार सरुवाको अधिकार प्रदेश प्रमुख सचिवलाई दिने अन्तिम तयारी भइरहेको छ । जस अनुसार प्रशासकीय प्रमुख रिक्त भएका स्थानमा निमित्त तोक्ने, आर्थिक अधिकार हस्तान्तरण गर्नेलगायत काम पनि प्रदेशबाटै हुनेछ ।

इकर्मचारी बाट ।


प्रतिक्रिया दिनुहोस !


देशभरका विद्यालयमा माघ १६ देखि २० सम्म खोप अभियान चलाइने



काठमाडौं । कोरोनाभाइरसविरुद्धको खोप लगाउन माघ १६ देखि २० गतेसम्म विदालय खुल्ने भएका छन् । गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले खोप लगाउनका लागि विद्यालय सञ्चालन हुने बताए ।

प्रतिक्रिया दिनुहोस !

उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

तीन दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात



आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू(भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यस्तैगरी बिहीबार र शुक्रबार पनि देशभरका केही मुलुकमा आंशिक तथा सामान्यतया बदली रहनेछन । बिहीबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: