१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

भीम रावलले अध्यक्ष पदका लागि मत माग्न थाले



काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष भीम रावलले अध्यक्ष पदका लागि मत माग्न थालेका छन् । उनले चितवनमा जारी एमालेको १०औं महाधिवेशन प्रतिनिधिहरूसँग मत माग्न सुरु गरेका हुन् । अहिले चितवनको सौराहामा एमाले महाधिवेशनको बन्दसत्र जारी छ। बन्दसत्रमा प्रवेश गर्नुअघि रावलले प्रतिनिधिहरुसँग मत मागेका थिए। अहिले भने रावल बन्दसत्रमा सहभागी छन्। महाधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयत्न अध्यक्ष केपी शर्मा ओलीले जारी राखेकै बेला रावलले भने मत माग्न सुरु गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार



काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।’ ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: