१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

एमालेको आज उम्मेदवारी दर्ता नहुने, नेताहरुलाई फकाउन ओलीको डिनर कार्यक्रम !



काठमाडौं । नेकपा एमालेको १० औं महाधिवेशन अन्तर्गत अहिले बन्दसत्र जारी छ । बन्दसत्र सकिए लगत्तै उम्मेदवारी दर्ता गर्ने कार्यतालिका छ । तर बन्दसत्रको थप कार्यक्रम नहुने एमालेका एक नेताले बताएका छन् । उनका अनुसार आज उम्मेदवारी दर्ता पनि नहुने भएको छ । ओली निकट प्रतिनिधिसभा सदस्य रहेका ती सांसदका अनुसार आज बेलुका महाधिवेशन प्रतिनिधिसँग ओलीले डिनर कार्यक्रम राखेका छन् । अध्यक्ष ओली बोलिसकेपछि बन्दसत्रको उद्घाटन कार्यक्रम सकिने ती नेताले बताए । 


प्रतिक्रिया दिनुहोस !


भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा छाडिदैन : श्रममन्त्री श्रेष्ठ



काठमाडौं । श्रममन्त्री कृष्ण कुमार श्रेष्ठले भिजिट भिसामा दुवई पु¥याएको भए नेपाल फर्काउन वा रोजगारीको व्यवस्था गर्न चेतावनी दिएका छन् । विहीबार मन्त्रालयमा भिजिट भिसामा दुवई पुगेर दुःख पाएका युवाहरुसँगको छलफलका क्रममा उनले भिजिट भिसामा कामका लागि दुवई पुर्‍याउनेलाई कुनै हालतमा नछाड्ने स्पष्ट पारेका हुन् ।

उनले बैदेशिक रोजगारमा जादा भिजिट भिसाको प्रयोग गर्न आग्रह समेत गरे । भिजिट भिसामा दुवई पुर्‍याउने गरेका विषयमा मन्त्रालय गम्भीर रहेको भन्दै उनले यसलाई नियन्त्रण र अनुसन्धान गर्न सरकार गम्भीर भएर लागेको बताए ।

प्रतिक्रिया दिनुहोस !

वैशाखमै चुनाव गर्न राष्ट्रपतिको दबाब



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डोर्‍याउनुपर्छ : उपेन्द्र यादव



जनकपुरधाम, १३ माघ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्लदोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अव आर्थिक सम्वृद्धिको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको लक्ष्मिनियामा बिहीबार सेन्ट्रल अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्त हुन अझै बाँकी रहे पनि विगतका आन्दोलनबाट प्राप्त संघीय व्यवस्थालाई मजबुत बनाई अब आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने बताए ।

आर्थिक बिना सम्वृद्धि प्राप्त नहुने बताउँदै अध्यक्ष यादवले भने, ‘सम्वृद्धिसँगै गरिबी, बेरोजगारी जस्ता समस्या समाधान हुन्छ । त्यसकारण अव आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने समय आएको छ ।’ निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगले पनि मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा अगाडी बढाउन सकिने उनले बताए ।

विकासशील मुलुकलाई अगाडी बढाउन निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने गरेको पनि बताए । ‘नेपालमा भाषा, अनुहार, जातजाति, धर्म सांस्कृतिक, समुदाय, परम्पराका हिसाबले विभेद अझै जारी नै रहेको छ,’ उनले भने, ‘यी विभेदलाई चिर्दे अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।’ समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘समाज शिक्षित भएको खण्डमा गरिबी, बेरोजगारी जस्ता समस्या बिस्तारै बिस्तारै समाप्त हुँदै जान्छ र देश सम्वृद्धिको बाटोमा अगाडी बढ्छ ।’

सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले आफूहरूले सेन्ट्रल अस्पताललाई मुलुककै नमुना अस्पतालको रूपमा विकास गर्ने योजना बनाएको बताए । अस्पताल सञ्चालन गर्ने आफ्नो पुरानो सपना रहेको बताउँदै झाले अहिले सरकारबाट सय शय्याको अनुमति पाए पनि थप एक सय शय्याको लागि फाइल अगाडी बढाई सकेको बताए ।

अस्पतालमा एनआइसीसु, आइसीयु, ओपिडी, क्यान्सर सम्बन्धी रोगको उपचार, ल्यसपोकोपि तथा अन्य रोगको सहुलियत मूल्यमा उपचार गरिने उनले बताए ।

यसैबीच, कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनले जसपाको सिद्धान्त र उपेन्द्र यादवको विचारबाट प्रभावित भएर आफू जसपामा प्रवेश गरेको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव, जसपाका केन्द्रीय सदस्य महाजन यादव, प्रदेश सांसद चमेलीदेवी दास, लक्ष्मिनिया गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: