१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

एमाले महाधिवेशनमा भीम रावलको पर्चा बाँड्न प्रतिबन्ध



नेकपा एमालेको १० औँ राष्ट्रिय सम्मेलनको अध्यक्षको उम्मेदवार भीम रावलको पर्चा महाधिवेशन स्थलमा बाँड्न प्रतिबन्ध लगाइएको छ । भीम रावलले आफूले अध्यक्ष उम्मेदवारी दिएको र त्यसको कारण र आफूले अध्यक्ष भएपछि गर्ने कामको प्रतिवद्धतासहितको प्रतिवेदन पर्चा बाँडेपछि उनको समर्थकलाई माआधिवेशन स्थलबाट निकालिदिएका छन् ।

रावलको पर्चा बाँड्दै हिडेका उनका पक्षका कार्यकर्ताहरुलाई एमाले स्वयंमसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाएका थिए । बन्दसत्र भित्र पस्न लागेकाहरुलाई रावलका कार्यकर्ताले उनको पर्चा बाँडेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको रावलको पर्चामा उनले अध्यक्षमा उम्मेदवारी दिनुपर्ने कारणहरुको बारेमा उल्लेख गरिएको छ ।

महाधिवेशन स्थल भित्र रावलको पर्चा बोकेर नहिड्न प्रतिनिधिलाई स्वयंम सेवकले सचेत गराएका छन् । उनीहरुलाई उक्त पर्चा खल्ति वा झोलामा हाल्न भनिएको छ । रावलका पर्चा खल्ती वा झोलामा हालेपछि मात्र प्रतिनिधिलाई भित्र झिर्न दिइएने व्यवस्था गरिएको छ ।

रावलले अध्यक्षको उम्मेदवारी दिएपछि ओलीलाई हलले सर्वसम्मत अध्यक्ष घोषणाा गर्ने योजना सफल हुन सकेको छैन ।


प्रतिक्रिया दिनुहोस !