१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

काँग्रेसको वडा अधिवेशनमा गोली चल्यो



सर्लाही । सर्लाहीमा नेपाली काँग्रेसको वडा अधिवेशनको क्रममा विवाद हुँदा गोली चलेको छ । सर्लाहीको बलरामा काँग्रेसको वडा अधिवेशनमा विवाद हुँदा गोली चलेपछि बलरा नगरपालिकाका २ वटा वडाको अधिवेशन रोकिएको छ । बलरा नगरपालिका वडा नम्बर ९ स्थित अचलगढमा वडा अधिवेशनका लागि डाकिएको छलफलको क्रममा प्रदेश २ का महिला बालबालिका युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह पुगेका थिए । उनले वडामा असन्तुष्टि जनाएपछि दुई पक्षबीच विवाद भएको थियो । विवादले उग्ररुप लिएपछि मन्त्री सिंहका अंगरक्षकले हवाई फायर नै गर्नुपरेको थिए । प्रहरीले अहिले स्थिति नियन्त्रणमा लिइसकेको जनाइएको छ । अहिले बलराको अवस्था सामान्य भइसकेको सर्लाहीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए । विवादका कारण बलराको ८ र ९ नम्बर वडामा काँग्रेसको वडा अधिवेशन रोकिएको छ ।


प्रतिक्रिया दिनुहोस !


सन्दीप, ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र करण श्रेणी ए मा



काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला तथा पुरुष राष्ट्रिय खेलाडीको वर्गीकरण गरेको छ । क्यानको बिहीबार बसेको बोर्ड बैठकले महिला तथा पुरुष खेलाडी वर्गीकरण गरेको हो । क्यानले पुरुष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको हो । पुरुष खेलाडीतर्फ कप्तान सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी ग्रेड एमा रहेका छन् ।

ग्रेड बीमा कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी रहँदा ग्रेड सीान कुशल मल्ल, रोहित कुमार पौडेल, कमल सिंह ऐरी, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ छन् ।

यस्तै महिला खेलाडीहरू तर्फ ग्रेड एुमा रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी छन् । यस्तै ग्रेड बीमा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे रहँदा ग्रेड सीमा डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

वैशाखमै चुनाव गर्न राष्ट्रपतिको दबाब



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवालाई शीलतनिवासमा बोलाएर संविधानले भनेकै समयमा स्थानीय तहको निर्वाचन गर्न सुझाव दिएकी छिन् । प्रधानमन्त्री देउवाले भने राष्ट्रपतिको सुझावलाई सरकारमाथि शीतलनिवासको ‘दबाव’ का रुपमा लिएका छन् । राष्ट्रपतिसँगको भेटपछि केही मन्त्रीसँग कुराकानी गर्दै प्रधानमन्त्री देउवाले भने, ‘राष्ट्रपतिज्यूले बोलाएर वैशाखमै निर्वाचन गर्नुपर्यो भन्नुभयो, मैले यो सरकारले निर्णय गर्ने विषय हो, उपयुक्त निर्णय गर्छ भनें ।’

शीतलनिवास स्रोतले भने राष्ट्रपतिले प्रधानमन्त्रीलाई संवैधानिक प्रावधानका विषयमा स्मरण मात्र गराएको बतायो । राष्ट्रपतिका विज्ञ सल्लाहकार टीका ढकालले भने, ‘कुनै तिथि मितिको कुरा गर्नुभएको होइन, संविधान र कानूनमा जे व्यवस्था छ, त्यसअनुसार अगाडि बढ्नुपर्छ भन्नुभएको हो । सारांशमा त्यही बुझ्दा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस !

मुलुकलाई आर्थिक सम्वृद्धितर्फ डोर्‍याउनुपर्छ : उपेन्द्र यादव



जनकपुरधाम, १३ माघ

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विभिन्न आन्लदोलनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै अव आर्थिक सम्वृद्धिको बाटोमा मुलुकलाई डोर्‍याउनुपर्ने बताएका छन् ।

धनुषाको लक्ष्मिनियामा बिहीबार सेन्ट्रल अस्पतालको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष यादवले अधिकार प्राप्त हुन अझै बाँकी रहे पनि विगतका आन्दोलनबाट प्राप्त संघीय व्यवस्थालाई मजबुत बनाई अब आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने बताए ।

आर्थिक बिना सम्वृद्धि प्राप्त नहुने बताउँदै अध्यक्ष यादवले भने, ‘सम्वृद्धिसँगै गरिबी, बेरोजगारी जस्ता समस्या समाधान हुन्छ । त्यसकारण अव आर्थिक सम्वृद्धितर्फ अगाडी बढ्नुपर्ने समय आएको छ ।’ निजी क्षेत्र र सहकारी क्षेत्रको सहयोगले पनि मुलुकलाई आर्थिक सम्वृद्धिको बाटोमा अगाडी बढाउन सकिने उनले बताए ।

विकासशील मुलुकलाई अगाडी बढाउन निजी क्षेत्र र सहकारी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहने गरेको पनि बताए । ‘नेपालमा भाषा, अनुहार, जातजाति, धर्म सांस्कृतिक, समुदाय, परम्पराका हिसाबले विभेद अझै जारी नै रहेको छ,’ उनले भने, ‘यी विभेदलाई चिर्दे अगाडी बढ्नु अहिलेको आवश्यकता हो ।’ समाज परिवर्तनको लागि शिक्षा र स्वास्थ्य महत्त्वपूर्ण रहेको उल्लेख गर्दै अध्यक्ष यादवले भने, ‘समाज शिक्षित भएको खण्डमा गरिबी, बेरोजगारी जस्ता समस्या बिस्तारै बिस्तारै समाप्त हुँदै जान्छ र देश सम्वृद्धिको बाटोमा अगाडी बढ्छ ।’

सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले आफूहरूले सेन्ट्रल अस्पताललाई मुलुककै नमुना अस्पतालको रूपमा विकास गर्ने योजना बनाएको बताए । अस्पताल सञ्चालन गर्ने आफ्नो पुरानो सपना रहेको बताउँदै झाले अहिले सरकारबाट सय शय्याको अनुमति पाए पनि थप एक सय शय्याको लागि फाइल अगाडी बढाई सकेको बताए ।

अस्पतालमा एनआइसीसु, आइसीयु, ओपिडी, क्यान्सर सम्बन्धी रोगको उपचार, ल्यसपोकोपि तथा अन्य रोगको सहुलियत मूल्यमा उपचार गरिने उनले बताए ।

यसैबीच, कार्यक्रममा सेन्ट्रल अस्पतालका अध्यक्ष विजय झाले जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् । उनले जसपाको सिद्धान्त र उपेन्द्र यादवको विचारबाट प्रभावित भएर आफू जसपामा प्रवेश गरेको बताए ।

कार्यक्रममा प्रदेशका पूर्व मन्त्री ज्ञानेन्द्रकुमार यादव, जसपाका केन्द्रीय सदस्य महाजन यादव, प्रदेश सांसद चमेलीदेवी दास, लक्ष्मिनिया गाउँपालिका अध्यक्ष विन्देश्वर यादवलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: