१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

माओवादी केन्द्रले छान्यो दाङका आठ पालिकामा सर्वसम्मत नेतृत्व, दुईमा बाँकी



दाङ । नेकपा माओवादी केन्द्रले दाङका आठ पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । जिल्लाका दश स्थानीय तह मध्ये नेकपा माओवादी केन्द्र दाङले आठ स्थानीय तहमा निर्विरोध पालिका नेतृत्व चयन गरेको हो । शनिबारदेखि सुरु भएको पालिका अधिवेशनले पालिका सम्मेलनबाट नेतृत्व चुन्ने काम गरेको माओवादी केन्द्र दाङले जनाएको छ । तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा नेतृत्व चयन हुन सकेको छैन ।

घोराही उपमहानगरपालिकाको अध्यक्षमा प्रमोद शर्मा चुनिएका छन्। उपाध्यक्षमा सुशीला शर्मा, खिमबहादुर चौधरी र रमेश वली, सचिव भागिदास चौधरी, मने विश्वकर्मा र कोषाध्यक्ष दिलकुमारी बूढा निर्वाचित भएका हुन् । शान्तिनगर गाउँपालिकाको अध्यक्षमा नेब बहादुर रोका चयन भएका छन्। रोकाको अध्यक्षतामा ४९ सदस्यीय नेकपा माओवादी केन्द्र गाउँ कमिटी गठन भएकोे जनाएको छ । उपाध्यक्षहरूमा खजेन्द्र शर्मा, रिता बटाला, हिरालाल वली, सचिवमा पिमलाल वली, सहसचिवमा हिरा सुनार, कोषाध्यक्ष जंगबहादुर पुन छन् ।

बबई गाउँपालिकाको अध्यक्षमा डिल्ली बुढाथोकी चयन भएका छन् । बुढाथोकीको अध्यक्षतामा ५५ सदस्यीय गाउँ कमिटी गठन भएको पार्टीले जनाएको छ ।

उपाध्यक्षहरूमा रमेश सुनार, प्रेम जिसी र यज्ञबहादुर वली छन् । सचिवमा अन्जु घर्ती, सहसचिवमा खुमबहादुर बिक र कोषाध्यक्षमा परेकलाल बूढा चयन भएका हुन् । सम्मेलनबाट ४५ जना चयन भएको र बाँकी १० जना सदस्यलाई कमिटीको बैठकबाट मनोनित गरिने बताइएको छ ।

दंगीशरण गाउँपालिकाको अध्यक्षमा मणिराम चौधरी निर्वाचित भएका छन्। उपाध्यक्षहरूमा बीरु ओली, निर्मला चौधरी र दिलकुमारी बिक, सचिव दीपक गौतम, सहसचिव टङ्क ओली र कोषाध्यक्ष हरिप्रसाद कक्रेल निर्वाचित भएका हुन् ।

गढवा गाउँपालिकामा श्याम नारायण पोखरेल अध्यक्षमा चयन भएका हुन् । शर्माको अध्यक्षतामा ४९ सदस्य कमिटी गठन गरिएको छ । उपाध्यक्षहरु दिपा पुन, बसन्ती चौधरी, देबराज यादब रहेका छन् । सचिवमा कैलास चौधरी, सहसचिवमा ज्ञान बहादुर परियार र कोषाध्यक्षमा बसन्त गिरी चयन भएका हुन् ।

राप्ती गाउँपालिकामा अध्यक्ष श्यामेश चौधरी, उपाध्यक्षहरू राजेन्द्र पुजाली, नारायणप्रसाद शर्मा र सुरेश चौधरी, सचिव तुला गिरी, सहसचिव बसन्त नेपाली र कोषाध्यक्ष भगवता अधिकारी निर्वाचित भएका छन् । राजपुर गाउँपालिकामा अध्यक्ष चक्रबहादुर खड्का, उपाध्यक्षहरू श्यामबहादुर रोका, भोगेन्द्रसिंह राजपुत र लक्ष्मी देवी चौधरी, सचिव विष्णु प्रसाद यादव, सहसचिव दिलमति ओली चौधरी र कोषाध्यक्ष भीम वली छन् ।

बंगलाचुलीमा अध्यक्ष डोमाकान्त कँवर मगर, उपाध्यक्षहरूमा गिरिराज बाँठा मगर, यमुना घर्ती र रमा पुन, सचिव दामोदर खड्का, सहसचिव शोभाराज विश्वकर्मा र कोषाध्यक्षमा बासुदेव महरारहेका छन् ।

लमही नगरपालिकामा कार्य समिति चयन भए पनि नेतृत्व चयन हुन नसकेकाले १५ मंसिरको बैठकबाट टुंगो लगाउने जानकारी आएको जिल्ला संयोजक तुलसीराम पुन ‘सुवास’ले जानकारी दिए । निर्वाचित कार्य समितिमा ३५ प्रतिशत महिला, १५ प्रतिशत दलित र मुस्लिम समुदाय रहेको ठाउँमा २ प्रतिशत मुस्लिम समुदायबाट प्रतिनिधित्व भएको पनि उनले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार



काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।’ ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: