५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

ओलीले शेरधन राईले गरेको नमस्कार फर्काएनन्, दूर्गा प्रसाईँको नमस्कार फिर्ता गरे



चितवन । नेकपा (एमाले)को जारी महाधिवेशनको तेस्रो दिन केपी शर्मा ओलीको सबै पदाधिकारी तथा केन्द्रीय सदस्यहरु सर्वसम्मत गर्ने आइतबार रातभरीको प्रयास असफल भएपछि ओली सोमबार बिहान अध्यक्षको उम्मेदवारी दिए ।

विशेषत: ओलीलाई सर्वसम्मत अध्यक्ष नदिने भीम रावलको अडानले उम्मेदवारी दिन बाध्य बनायो । उनले उम्मेदवारी दर्ता गराउने क्रममा एक अनौंठो घटनासमेत भएको थियो । केपी ओलीले आफू निकट नै मानिदै आएका नेता एवं प्रदेश- १ का पूर्वमुख्यमन्त्री शेरधन राईले गरेको नमस्कार फर्काएनन् ।

ओलीले शेरधनको नमस्कार पूरापुरी वेवास्ता नै गरेका थिए । जब ओली उम्मेदावारी दर्ताका लागि पुग्दै थिए । राईले ‘सर नमस्कार’ भने । तर‚ ओलीले नसुने झै गरेर हिडे। उनले शेरधनलाइ देख्छन् पनि । राम्ररी अनुहारमा हेर्छन् पनि । राई हात जोडिरहन्छन् केही समय । तर ओलीले नमस्कार पनि फर्काउँदैनन् । र, कुनै प्रतिकृया पनि दिँदैनन् ।

उनले नमस्कार फिर्ता नगर्नुको कारण के होला भन्ने खुलेको छैन। तर उही अवस्थामा उता एमालेमै भर्खरै प्रवेश गरेका दूर्गा प्रसाईँको भने नमस्कार फिर्ता गरेका थिए । प्रसाईँ झापाको बिर्तामोडस्थित बिएण्डसी मेडिकल कलेजका सञ्चालकसमेत हुन् । प्रसाईँ कार्यकर्ताको लहरमा रहेका थिए । उनले भनेको थिए ‘हजुर बुवा नमस्ते’ भनेका थिए ।

त्यसक्रममा ओलीले नमस्ते भनेका थिए । ओलीले प्रसाईँसँगै रहेका कार्यकर्ताहरुलाई अभिवादन गर्दै केही कुराकानीसमेत गरेका थिए ।  ओली यतिबेला पनि केही नेता कार्यकर्ताहरुसँग पदाधिकारीहरुकै बारेमा कुराकानी गरिरहेका हुन्छन् । जे भएपनि ओली शेरधरनसँग चिढिनु सुवास नेम्वाङलाई वरिष्ठ उपाध्यक्षमा उठ्न अनुरोध गरेको कारण हुनसक्छ ।

ओलीले तय गरेको पदाधिकारीको लिष्टमा शेरधन राई परेका छैनन् । उता आफ्नै इच्छाले उपाध्यक्षहरु राखेको लिष्टमा सुवास नेम्वाङको नाम पनि ओलीले छुटाएका थिए ।


प्रतिक्रिया दिनुहोस !


उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

तीन दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात



आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू(भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यस्तैगरी बिहीबार र शुक्रबार पनि देशभरका केही मुलुकमा आंशिक तथा सामान्यतया बदली रहनेछन । बिहीबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

नेपाली सेनाको कानून विभागका मेजर डाँका मुद्दाका प्रतिवादी !



काठमाडौं । नेपाली सेनामा फौजदारी अभियोग लागेका व्यक्तिले जागिर खाइरहेको पाइएको छ । सेनाको कानूनी पाटो हेर्ने निकाय प्राड विवाकमा कार्यरत सेनानी राजकुमार रञ्जितकार डाँका मुद्दामा जिल्ला अदालत, काभ्रेबाट वारेन्ट जारी भएको व्यक्ति भएको खुलेको हो ।

जिल्ला अदालत, काभ्रेले रञ्जितकार प्रतिवादी रहेको मुद्दामा २०६३ सालमा फैसला गर्दा उनी फरार रहेकाले डाँका सम्बन्धी अभियोग मुल्तबीमा रहने भनिएको थियो । अदालतमा प्रहरीले बुझाएको प्रतिवेदन अनुसार ६ वैशाख २०५८ को राति काभ्रेको साबिक टुकुचा नाला गाविस–६ स्थित यदुराज गिरीको घरमा डकैती भएको थियो ।

त्यसवेला इलाका प्रहरी कार्यालय, बनेपामा बुझाइएको जाहेरीमा झण्डै ६०/७० जना सशस्त्र माओवादीसहित घर घेरेर ३२ लाख ५६ हजार ५ सय बराबरको धनमाल डाँका गरिएको भन्दै खोजतलास गरिदिन भनिएको छ ।

गिरीले दिएको हुलिया अनुसार डकैतीमा संलग्न शिवप्रसाद दाहाल पक्राउ पर्दा गाडीमा पुरानो हाँडीभित्र पुरानो नोट १० को २५१ वटासहित सुन र चाँदीका गरगहना बरामद भएको थियो । उनले घटनामा आफ्नो संलग्नता अस्वीकार गर्दै भरत सापकोटा नामक व्यक्तिलाई पोलेका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: