७ बैशाख २०८१, शुक्रबार
 |   Fri Apr 19 2024
Logo

लिङ्देनले पार्टी विभाजन गर्न खोजे : कमल थापा



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले राजेन्द्र लिङ्देनलाई ४ वर्ष पर्खन आग्रह गरेका छन् । आगामी महाधिवेशनमा अध्यक्षको उम्मेदवार दिएका लिङ्देनलाई नेतृत्वका लागि केही केही वर्ष पर्खन आग्रह गरेका हुन् । अहिले पार्टीको अवस्था धेरै कमजोर रहेको दर्शाउदै उनले अलिक माथि उठाएर नेतृत्व हस्तान्तरण गर्ने बताए । सोमबार काठमाडौँमा अध्यक्षको उम्मेदवारी घोषणाको कार्यक्रम आयोजना गरेर उनले केही अधुरा काम छोडेर पलायन हुन आफूलाई अधिकार नभएको तर्क गरे ।

‘अहिले पार्टीको अवस्था निकै कमजोर छ । तल जाने ठाउँ छैन । तपाईंहरु चार वर्ष धैर्य गर्नुस् त त्यहाँभन्दा तल जाने ठाउँ नै छैन नि । योभन्दा अलि माथि गएपछि तपाईंलाई जिम्मा लगौँला । अलिकति दुःख गर्ने काम हामीलाई छाडिदिनुस्’ उनले भने । अध्यक्ष थापाले लिङ्देनले आसन्न महाधिवेशनबाट युवा पुस्ताले पार्टीको नेतृत्व लिनुपर्छ भन्ने भनाइप्रति कटाक्ष पनि गरेका थिए । युवा पुस्ताको कुरा गरेर लिङ्देनले पार्टी विभाजनको दिशातिर धकेल्न खोजेको थापाको आरोप छ । उनले युवा पुस्ताको कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर आफूलाई जित्न चुनौति दिए । यदी दोडेर आफूलाई जितेको अवस्थामा अध्यक्ष छोड्ने थापाले बताए ।

‘नयाँ पुस्ताका साथीहरूलाई पुस्ताका नाममा विभाजनको रेखा नल्याउनुस्। नयाँ पुस्ताकै कुरा गर्ने हो भने टुँडिखेलमा दौडेर मलाई जित्नुस्,’ उनले भने, ‘टुँडिखेलमा गरेर दौडऔँ । यदि टुँडिखेलमा दौडँदा मलाई जित्नुभयो भने, म अध्यक्षको पदमा उठ्दिनँ।’


प्रतिक्रिया दिनुहोस !