८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

म्याग्दीमा बोलेरो जीप दुर्घटना, ३ जनाको घटना स्थलमै मृत्यु



म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका– १, बेगखोलामा बोलेरो जीप दुर्घटना भएको छ। सोमबार साँझ बेनीदेखी बेगखोला जाँदै गरेको ग १ ज ७२५१ नम्बरको बोलेरो जीप घाव्पा औल स्थित घुम्तीमा दुर्घटना भएको स्थानीय ओमकुमारी फगामीले जानकारी दिइन्। जीपमा चालक सहित ८ जना सवार थिए ।

आठ जना मध्ये ३ जनाको घटना स्थलमै मृत्यु भएको छ । ज्यान गुमाउनेमा मृत्यु हुनेमा खिमनाथ शर्मा ,खिमु पुन र वडा सदस्य गौमाया विक रहेका छन् । घाइतेमा हुनेमा स्थानीय बलबहादुर बिक ,ज्ञानु शेरपुर्जा ,मनोज पुन ,दुतबहादुर थापा (चालक) र बिसुन फगामी रहेका छन् । अन्यको भने उद्धार गरी बेनी अस्पताल ल्याइएको छ । यता जिल्ला प्रहरी कार्यालय म्याग्दीले जीप दुर्घटना भएको जनाएको छ । प्रहरी निरीक्षक तथा सुचना अधिकारी विरेन्द्र राज गुरुङका अनुसार साँझ करिब ५ बजेको समयमा दुर्घटना भएको हो । जीप सडकदेखी करिब दुई सय मिटर तल खसेको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय