१६ चैत्र २०८०, शुक्रबार
 |   Fri Mar 29 2024
Logo

विप्लवका नेताले बाईकको किस्ता नतिर्दा प्रहरीको खोजीको सूचीमा सुनसरीका एक युवा



काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका दुई नेतालाई किस्तामा बाईक निकालि दिएका युवा अहिले प्रहरीको खोजीको लिस्टमा परेका छन् । विप्लवका उदयपुर जिल्लाका सेक्रेटरी लक्ष्मण पौडेलले इटहरीका एक समान्य होटल व्यवसायी अर्जुन श्रेष्ठको जग्गाको पूर्जा र पसलको भ्याट नम्बर राखेर दुई वर्ष अघि किस्तामा बाईक निकालेका थिए तर विप्लवका नेता पौडेलले बदमासी गरी गरेर किस्ता नतिर्दा प्रहरीले अर्जुन श्रेष्ठलाई खोजी गरिरहेको छ । विप्लवका नेता पौडेललाई श्रेष्ठले किस्ता तिर्न आग्रह गर्दा उल्टै धम्क्याउने गरेको पीडित श्रेष्ठ बताउँछन् । त्यति मात्रै होईन, अर्जुन श्रेष्ठले विप्लवका नेता लक्ष्मण पौडेलले किसतामा निकालेको बाईकको ४ वटा किस्ता बुझाई दिएका छन् तर विप्लवका नेता पौडेल भने किस्ता नतिरी फरार भएपछि प्रहरीले आफुलाई खोजी गरेको श्रेष्ठ बताउँछन् ।

त्यस्तै लक्ष्मण पौडेलले व्यवसायी श्रेष्ठबाट लाखौँ रकम लिएर अहिलेसम्म एक रुपैयाँ पनि फिर्ता गरेका छैनन् । होटल व्यवासायी श्रेष्ठले एक लाख ३८ हजार सापटी दिए पनि अहिलेसम्म सो पैसा फिर्ता नगरर हैरान पारेपछि मिडियामा आउन बाध्य भएको व्यवसायी श्रेष्ठ बताउँछन् । त्यस्तै शुरेश विष्टको धरौटी तिर्न आफुले एक लाख दिएको तर विप्लव समुहकी नेतृ उमा भुजेलसम्म पनि सो विषयमा जानकारी गराउँदा आफुले त्यो रकम फिर्ता नपाएको श्रेष्ठले गुनासो गरे ।


प्रतिक्रिया दिनुहोस !