५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

प्रचण्ड र सुदर्शनबीच भेट, सरकारले तीन बुँदे सहमति कार्यान्वयन गर्छ : प्रचण्ड




काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ बीच भेटवार्ता भएको छ । सोमबार भएको भेटवार्तामा सुदर्शनले आफ्नो पार्टी र सरकारबीच भएको तीन बुँदे सहमति कार्यान्वयनबारेमा छलफल भएको छ ।
भेटमा नेता सुदर्शनले तीन बुँदे सहमति गरेको यतिको समय भईसक्दा पनि सरकारले चाँसो नदेखिएको भन्दै प्रचण्डलाई पहल गर्न आग्रह गरेका थिए । सहमति कार्यान्वयन नहुँदा बन्दी नेता कार्यकर्ताहरु रिहाई हुन नसकेको र आम जनतामा सरकार ईमान्दार नभएको भन्ने प्रभाव पर्न थालेको सुदर्शनले बताएका थिए ।
जवाफमा अध्यक्ष प्रचण्डले सरकारले तीन बुँदे सहमित कार्यान्वयन गर्नुपर्नेमा सहमत भएको बताए । त्यसको लागि आफूले प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताउँदै प्रचण्डले चाँडो प्रक्रिया अगाडि बढाउन पहल गर्ने बताए । “तीन बुँदे सहमति सरकारले कार्यान्वयन गर्नुपर्छ । प्रक्रिया कहाँ पुगेको छ, प्रधानमन्त्रीजीसँग पनि कुरा गर्छु र जेलमा रहेका सम्पूर्ण बन्दी साथीहरु रिहाईको लागि पहल गर्छु” प्रचण्डले भेटमा भने ।
भेटमा सहभागी नेकपाका युवा नेता भीम चापागाईका अनुसार दुबै नेता राष्ट्रिय राजनीति र जनताको अधुरा अधिकार पूरा गर्ने जिम्मा माओवादीहरुको काँधमा आएको विषयमा एकमत भएका थिए । माओवादीहरु राष्ट्रियता र जनजिविकाका सवालमा सहकार्य गर्दै अगाडि बढ्नु पर्नेमा दुबै नेताले जोड दिएका थिए ।


प्रतिक्रिया दिनुहोस !


नेपालमा एक हप्तामा ३८ हजार बढीमा कोरोना संक्रमण



काठमाडौं, माघ ४ । पछिल्लो एक हप्तामा नेपालमा ३८ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार एक हप्तामा ३८ हजार ३०४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएका हुन् । सबैभन्दा बढी मंगलबार १० हजार २५८ जना नयाँ संक्रमित थपिएका हुन् ।

दैनिक संक्रमित बढिरहेका छन् । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएसँगै दैनिक संक्रमित हुनेको सङ्ख्या पनि बढिरहेको छ ।

पछिल्लो एक हप्ताको तथ्याङ्कअनुसार पुस २८ गते तीन हजार ७५, पुस २९ गते तीन हजार ५५३, पुस ३० गते पाँच हजार ८७, माघ १ गते चार हजार ६३६, माघ २ गते चार हजार ९६१, माघ ३ गते छ हजार ७३४ सङ्क्रमण थपिएका हुन् ।

यस एकहप्ताको बीचमा सक्रिय संक्रमित हुने सङ्ख्या पनि बढेको छ । पुस २८ गते ११ हजार ६९० सक्रिय संक्रमित रहेकोमा यो सङ्ख्या बढेर आज ३९ हजार ४४ पुगेको छ ।

पुस २८ गते कूल परीक्षण गराएकामध्ये २३.६ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको थियो भने मंगलबार ४४.९ प्रतिशतमा सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस !

वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

प्रतिक्रिया दिनुहोस !

उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: