१३ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 25 2024
Logo

एमाले केन्द्रीय कमिटीमा विशाल भट्टराई किन अटेनन्



खोटाङ । खोटाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य विशाल भट्टराई एमाले अध्यक्ष केपी ओली निकट हुन् । अध्यक्ष ओलीको विश्वासपात्र भएकै कारण भट्टराईले एमालेका प्रमुख सचेतकको भूमिकामा छन् । चितवनमा जारी एमालेको १०औँ राष्ट्रिय अधिवेशनमा अध्यक्ष ओलीले आइतबार राति सार्वजनिक गरेको ३०१ जना केन्द्रीय सदस्यको सूचीमा भने भट्टराईको नाम अटाएन । प्रमुख सचेतककै नाम केन्द्रीय सदस्यको सूचीमा नसमेटिँदा अनेक अडकालबाझी भइरहेका छन् । सामाजिक सञ्जालमा समेत अनेकथरी टिकाटिप्पणी भइरहेका छन् ।

तर, भट्टराईले नेतृत्वसँगको सल्लाहमा अर्को महत्वपूर्ण जिम्मेवारी पाउने गरी केन्द्रीय कमिटिमा नाम नराखिएको प्रष्ट्याएका छन् । सोमबार राति सामाजिक सञ्जालमार्फत भट्टराईले थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा लाग्ने जानकारी दिएका छन् । स्रोतका अनुसार अध्यक्ष ओलीले भट्टराईलाई प्रदेश नम्बर १ को अध्यक्ष दिने आश्वासन दिएका छन् । खासमा पार्टी अध्यक्ष, महासचिव र उच्च नेतृत्वले मेरो परामर्शमै मलाई केन्द्रीय कमिटीमा नराखेर निकट भविष्यमा अर्को महत्वपूर्ण जिम्मेवारी दिने भन्नुभएको छ ।

म यसै पनि संसदीय दलको प्रमुख सचेतकको भूमिका निर्वाह गरिरहेकै छु, अब थप सशक्त भूमिकासहित पार्टी संगठन निर्माण र परिचालनको काममा सरिक बन्नेछु,ु भट्टराईले लेखेका छन्, ुयहि कारणले मात्र मेरो भूमिका खुम्चिदैन, म कमजोर बन्दिन । नेपाली राजनीतिमा मेरो सानो–ठूलो भूमिका अनवरत रहिरहनेछ । कोही खुसी नहुन, कोही चिन्तित नहुन बिनम्रतापूर्वक आग्रह गर्दछु ।


प्रतिक्रिया दिनुहोस !