१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

विश्व इतिहासमा आज : फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध सुरु भएको त्यो दिन



आज ३० नोभेम्बर । विश्व इतिहासमा आज विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

प्यालेस्टाइनमा गृहयुद्ध
सन् १९४७ मा प्यालेस्टाइनमा गृहयुद्ध भएको थियो । संयुक्त राष्ट्रसंघको महासभाले प्यालेस्टाइनलाई दुई राज्यमा विभाजन गर्ने संकल्प प्रस्ताव पारितसँगै गृहयुद्ध भएको थियो । नोभेम्बर ३० मा सुरु भएको युद्धमा धेरै हिंसा भएका थिए । दुई ओटा गाडीभित्र रहेका इजरायली यात्रुहरुलाई अरबी बन्दूकधारीले तेल अभिभमा आक्रमण गरेपछि युद्ध सुरु भएको थियो । १४ मेमा इजरायलले आफूलाई स्वतन्त्रत राष्ट्र घोषणा ग¥यो । युद्धमा इजिप्ट, जोर्डन, सिरिया आबद्ध भएपछि १५ मेमा सो युद्ध क्षेत्रीय युद्धमा परिणत भएको थियो ।

शीतयुद्ध सुरु
सन् १९३९ मा तत्कालिन सोभियत युनियनले फिनल्यान्डमा अतिक्रमण गरेर हेलसिन्कीमा हमला गरेपछि फिनल्यान्ड र सोभियत युनियनबीच शीतयुद्ध भएको थियो । मस्को शान्ति सम्झौतामा हस्ताक्षर गरेपछि सन् १९४० को ३० मार्चमा युद्ध अन्त्य भएको थियो । आक्रमणका कारण सोभियत युनियन लिग अफ नेसनबाट निस्काशित भएको थियो ।

पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता
सन् १८७२ मा पहिलो अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता भएको थियो । स्कटल्यान्डको प्याट्रिकस्थित क्रिकेट क्लबमा बेलायत र स्कटल्यान्डबीच खेल भएको थियो । खेल बराबरीमा समाप्त भएको थियो ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय