१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

कांग्रेस उदयपुर सभापतिमा कार्की विजयी



उदयपुर । नेपाली कांग्रेस उदयपुर सभापतिमा प्रदेश १ का भौतिक पूर्वाधार विकासमन्त्री हिमाल कार्की विजयी भएका छन् । मतपरीणम अनुसार कार्की १ सय ७८ मतान्तरले विजयी भएका हुन् । सभापतिमा विजयी कार्की संस्थापन पक्षका हुन् । कार्कीले ७ सय ६७ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी पौडेल कोइराला खेमाका बिदुर बस्नेत ५ सय ८९ मत पाएर पराजित भए । जिल्ला कार्य समितिमा संस्थापन पक्षले दुई सदस्यबाहेक सबै पद हात पारेको छ। उपसभापतिमा भीमचन्द्र राई र बलबहादुर तामाङ निर्वाचित भएका छन् । सचिवमा मुरारी खड्का तथा सहसचिवमा चन्द्रदीप पौडेल र टीकाराम बुढाथोकी विजयी भएका छन् ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय