४ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 16 2024
Logo

एमाले महाधिवेशन : बिहानसम्म ११०० मत खस्यो, दिउँसोसम्म परिणाम आउने



चितवन । नेकपा एमालेको १०औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका अहिले मतदान जारी छ । बिहान ४ बजेबाट मतदान सुरु भएको हो । बिहान साढे ७ बजेसम्मा करिब ११०० भन्दा बढी मत खसेको बताइएको छ । राति २ बजेबाट मतदानको कार्यतालिका तय भएको भए पनि ढिलो गरेर बिहान ४ बजे मात्र सुरु भएको थियो । मतदानपश्चात आजै दिउँसोसम्म नतिजा आइसक्ने जनाइएको छ ।

अघिल्लो दिनदेखि गएरातिसम्मै पनि निवर्तमान अध्यक्ष केपी शर्मा ओलीलेसहमतिका लागि प्रयास जारी राखेका थिए । तर भीम रावल लगायतका उम्मेदवार पछि नहटेपछि भने मतदान सुरु भएको हो । पहिलो मत ओलीले नै हालेको बताइएको छ ।

एमाले पदाधिकारीमध्ये अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि मतदान भइरहेकाे हाे । अन्य पदमा भने सहमतिमै भागबण्डा मिलाइएकाे थियाे । भाेटिङका लागि मतदान स्थलमा ६९ वटा विद्युतीय मेसिन राखिएकाे छ । कुल २ हजार १७५ जना प्रतिनिधिमध्ये केही फर्किसकेकाले कमै मत खस्ने आकलन गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !