८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

एमाले महाधिवेशन : मतगणना जारी, ओलीको अग्रता



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नयाँ नेतृत्व चयनका लागि आज विहान मात्रै सम्पन्न भएको निर्वाचनको मतगणना जारी छ । मत गणनामा अध्यक्षका उम्मेदवार केपी शर्मा ओलीले सुरुदेखि नै अग्रता लिएका छन् ।

ओलीले ९९६ मत पाउँदा अर्का प्रत्यासी भीम रावलले १११ मत पाएका निर्वाचन समितिले जनाएको छ । चितवनमा आयोजित एमालेको १०औं राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत नेतृत्व चयनको प्रयास असफल भएपछि मंगलबार बिहान ७२ वटा विद्युतीय भोटिङ मेसिनबाट मतदान भएको थियो ।दुई हजार १ सय ५३ प्रतिनिधिहरुमध्ये २ हजार ९६ मत खसेको जानकारी गराइएको छ । महाधिवेशनअन्तर्गत अध्यक्ष, उपाध्यक्ष र सचिवसहित विभिन्न क्लस्टरका केन्द्रीय सदस्य पदमा निर्वाचन भएको थियो ।


प्रतिक्रिया दिनुहोस !