५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

मैले पाएको मत पार्टीको ठूलो सफलता : रावल



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को दशौँ महाधिवेशनका अध्यक्षका प्रतिस्पर्धी डा. भीमबहादुर रावलले आफूले पाएको मत आफ्नाे र पार्टीको ठूलो सफलता भएको बताएका छन् ।

आधिकारिक घोषणा नभएपनि मत परिणाम अनुसार अध्यक्षमा केपी शर्मा ओली विजयी भएको जानकारी बाहिर आएलगत्तै डा. रावलले आफूले पाएको मत पार्टी र आफ्नो ठूलो सफलता भएको बताएका हुन् ।

उनले ओली पक्षले उम्मेदवारी नै दर्ता गर्न नदिने योजनाका बीच पनि आफ्नो संघर्षका कारण निर्वाचन भएको बताए । रावलले भने, ‘मलाई उम्मेदवारी नै दर्ता गर्न नदिने योजना बनाएको अवस्थामा निरन्तरको संघर्षपश्चात उम्मेदवारी दिएर जति मत पाएको छु त्यो मेरो र पार्टीकाे लागि ठूलो सफलता हो ।’ आफ्नो संघर्षका कारण पार्टी केही हदसम्म लोकतान्त्रिक भएको उहाँले  प्रारम्भिक प्रतिक्रिया दिए ।


प्रतिक्रिया दिनुहोस !


मार्मा क्षेत्रमाथिको हेपाहा प्रवृतिविरुद्ध कांग्रेस प्रदेश सांसदमा मेरो उम्मेदवारी : दिलिप महता



स्थानीय तह प्रदेश र संघको निर्वाचन नजिकिए संगै हाम्रो दार्चुलाको राजनीति माहोल पनि गरम हुँदै गईरहेको छ नेपाली कांग्रेस दार्चुलामा पनि आफ्ना आफ्ना उम्मेदवारीहरु घोषणा हुँदै गर्दा मैले पनि नेपाली कांग्रेस दार्चुलाको प्रदेश सभा (ख) क्षेत्रबाट प्रदेश सभा सांसदको उम्मेदवार बन्ने चाहाना राखेको छु । वि. सं २०५१ सालदेखि राज्य र हरेक पार्टीहरुले उत्पीडनमा राखेको दार्चुलाको (ख) क्षेत्र र त्यसमा पनि अपी हिमाल जस्तो दुर दराजमा रहेको विकट ठाउँबाट उम्मेदवारी दिने मेरो चाहानाप्रति सबैले साथ अनि समर्थ गर्नु हुनेछ।

दार्चुलाको प्रदेश सभा (ख) क्षेत्रमा अपी, मार्मा र नौगाडको भौगोलिक एकता वर्षैँदेखि रहि आएको छ । जुन पार्टीले अपी, मार्मा र नौगाडमा सांसदको उम्मेदवार तय गर्छ त्यही पार्टी को जित निश्चित हुन्छ भन्ने कुरा विगतको निर्वाचनले प्रष्ट पारेको छ । त्यस कारण यो पटक नेपाली कांग्रेस दार्चुलाले पनि अपी हिमाल जस्तो दुर दराजको क्षेत्रमा प्रदेश सांसदको टिकट दिएर समग्र मार्माबासी जनताप्रति न्याय गर्ने छ र अहिलेसम्म मार्मा माथि कांग्रेसले गर्ने गरेको विभेदलाई पनि सच्याउने अवसर कांग्रेस दार्चुलालाई आएको छ । आशा गरौं २०५१ सालदेखि निरन्तर पार्टी संगठनमा आबद्ध रहेर निरन्तर कृयाशिलता जनाउदै यो पटक दार्चुलाको प्रदेश सभा (ख) क्षेत्रमा प्रदेस सांसद बन्ने मेरो चाहाना र समग्र मार्माबासीको आशालाई विश्वासमा बदल्न नेपाली कांग्रेसले कुनै पनि कसुर बाकी राख्ने छैन । आशा अनि विश्वास छ, दार्चुला कांग्रेसले मलाई प्रदेशको टिकट दिएर समग्र मार्माबासी प्रति न्याय गर्ने छ । वर्षौंदेखि मार्मा प्रति कांग्रेसको विभेदकारी नजर यो पटक भने न्यायोचित बनोस्मा, मार्मा माथी न्याय होस् । जय मार्मा, जय अपी, जय नौगाड । समग्र मार्माली एकता हाम्रो चाहाना ।

लेखक दिलिप सिंह महता नेपाली कांग्रेस प्रदेश महाधिवेशन प्रतिनिधि समेत हुन् ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनालाई कोरोना संक्रमण



काठमाडौं, ४ माघ

राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई कोरोना संक्रमण पुष्टि भएको छ । तीन दिनदेखि कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि मंगलबार गरिएको पिसिआर परीक्षणमा तिमिल्सिनामा कोरोना पुष्टि भएको हो ।

उनको स्वास्थ्यवस्था सामान्य रहेको र बालुवाटरस्थित सरकारी निवमासमा होम आइसोलेसनमा रहेको तिमिल्सिनाको सचिवालयले जनाएको छ ।

स्वास्थ्यकर्मीको सल्लाहअनुसार स्वास्थ्य मापदण्ड अपनाउँदै उनी केही दिन आइसोलेशनमै रहने सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्न सत्ता गठबन्धन सहमत



काठमाडौँ । सत्तारुढ दलहरुको गठबन्धनले स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्ने सहमति गरेको छ । निर्धारित समयमै चुनाव गर्न दलहरु सहमत भएको बताइएको छ ।

आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमै चुनाव गराउने सहमति गरेको हो ।

बैठकले संविधानको व्यवस्था अनुसार नै वैशाखमै चुनाव गर्नेमा सहमति जुटाएको हो । आउँदो बिहीबार बस्ने सत्ता गठबन्धनका मुख्य नेताहरुको अर्को बैठकले चुनावको मिति समेत तय गर्ने निर्णय भएको जनाइएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हँुदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: