१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

गठबन्धनले देशभर अहंकारी सत्ता बढार्‍यो : मुख्यमन्त्री केसी



गुल्मी : लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका नेता कुल बहादुर केसीले गठबन्धनले देशभर अंहकारी सत्ता बढारिएको बताएका छन् । नेकपा माओवादी केन्द्र धुर्कोट गाउँपालिकाको दोस्रो गाउँ अधिवेशनलाई सम्बोधन गर्दै केसीले सहिदको रगतले प्राप्त संविधान र गणतन्त्रको विरुद्ध कदम  उठाउने  ओलीको अहंकार तोडेर संविधान र गणतन्त्रको रक्षाको लागि गठबन्धनको यात्रा अगाडी बढेको प्रतिक्रिया दिए ।

उनले कांग्रेससँग वैचारिक मत फरक भए पनि प्रतिगमनविरुद्ध देखिको सम्बन्धलाई अहिलेसम्म कायम राखेकै कारण केन्द्रदेखि प्रदेशसम्म एमालेले सत्ता छोड्नु परेको बताए ।  केसीले धुर्कोट गाउँपालिका सबै हिसाबले अब्बल देखिएकोप्रति खुसी व्यक्त गर्दै चौबिसे राज्य अब माओवादीको राज्य भएको बताए ।

सोही अवसरमा केसीले कृषि र पशुपालनको माध्यबाट समृद्ध प्रदेश निर्माण गर्न प्रदेश विकास बैंक सञ्चालनको तयारीमा रहेको बताए । ‘अरू बैंकले किसानलाई कर्जा दिन्छु भनेर दुःख दिए । अब किसानलाई प्रदेश विकास बैंकले कर्जा सरल रूपमा कर्जा दिन्छ,’उनले भने,‘हामी गफ होइन काम गर्छौ ।’ 


प्रतिक्रिया दिनुहोस !


चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार



काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।’ ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !

जोरबिजोर उलंघन गर्ने ६८८ सवारी कारबाहीमा



काठमाडौं । जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीसाधनलाई ट्राफिक प्रहरीले कारबाही गरेको छ ।काठमाडौंमा जोरबिजोर प्रणाली उलंघन गर्ने ६ सय ८८ सवारीलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।चार पांग्रे ७९ र दुई पांग्रे ६ सय ९ सवारीसाधनलाई कारबाही गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री देउवाबीच भेटवार्ता



काठमाडौ । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटवार्ता भएको छ ।बिहीबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा भएको भेटवार्ता नियमित भएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिनुभयो । उहाँहरुबीच झण्डै एक घण्टा भएको भेटवार्तामा कोरोना संक्रमण, स्थानीय तहको चुनावलगायत समसामयीक विषयमा कुराकानी भएको बुझिएको छ ।

स्थानीय तहको निर्वाचन बैशाखबाट पर सार्ने विषयमा सत्तारुढ गठबन्धनमा छलफल भइरहेका बेला प्रधानमन्त्री देउवा राष्ट्रपतिलाई भेट्न शीतल निवास जानुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: