१३ माघ २०७८, बिहीबार
 |   Thu Jan 27 2022
Logo

जब मन्त्री प्रेम आले नै माइक्रोबसमा कोचिएर यात्रा गरे



काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आले यात्रुवाहक माइक्रोबसमा कोचिएर यात्रा गरेका छन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा शुभारम्भ कार्यक्रममा उनी अरु यात्रुसँगै यात्रा गरेका हुन् । रिवन काटेर सेवाको उद्घाटना गरेका मन्त्री प्रेम आले यात्रुले भरिएको माइक्रो बसमा कोचिएर बसेर विमानस्थलको गोल्डेन गेटसम्मको यात्रा गरेका हुन् । विमानस्थलको आन्तरिक हवाइ सेवाका यात्रुलाई विमानस्थलबाट निःशुल्क बस सेवा सुरु गरिएको हो । विमानस्थलभित्र ट्याक्सीले चर्को शुल्क असुलेर यात्रुलाई दुःख दिएपछि नागरिक उड्ययन प्राधिकरणले निःशुल्क बस सेवा सञ्चालन गरेको हो । नि शुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि व्यवस्था गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !


राष्ट्रियसभा निर्वाचनमा दलीय ह्वीप उल्लंघन, क्रसभोट हाबी, गठबन्धनमा शंका



काठमाडौं । राष्ट्रियसभामा खाली १९ मध्ये १८ सीट हत्याउन सफल भएपनि चुनावी प्रक्रियामा व्यहोर्नुपरेको घात, अन्तर्घातका घटना पाँच दलीय गठबन्धनका लागि अप्रत्यासित बनेको छ । आगामी तीन चुनावमा समेत गठबन्धनका लागि हौसिएका सत्तारुढ दल र अन्तरपार्टी क्रसभोटको अन्तरकथा भोगेको एमालेका लागि पनि यो ठूलो शिक्षा हो । चुनावमा देखिएको दृश्यले पार्टीभित्र गुट, उपगुटको राजनीति कति हावी छ भन्ने स्पष्ट हुन्छ ।

दलीय हिसाब विपरीत प्रदेश १ कोएक सिटमा भने नेकपा एमालेका उम्मेदवार अप्रत्याशित रूपमा विजयी बने । प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिले मतदान गरेको यो चुनावमा कतै मत बदर भयो भने कतै गठबन्धन र एमाले दुबैतिर क्रस भोटिङ भयो । क्रस भोटिङ एवं अन्तरघात हुँदा प्रदेश एकबाट जसपाका उम्मेदवार हेमराज राई पराजित भए । जित एमालेका सोनाम ग्याल्जेन शेर्पाको नाममा लेखियो । गठबन्धनमा अन्तरघात भएको परिणाम कांग्रेसका गोपाल बस्नेत र एमालेका गुरु बरालबीच बराबर मत आयो । भोट नभई भाग्य बलियो हुँदा सांसद नामको विशेषण बस्नेतका नाममा फाप्यो । मधेश, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सबै प्रदेशमा पार्टीको निर्देशन उल्लंघन गरेर क्षेत्रीय, वर्गीय, नातागोतामा मत विभाजित भएको देखिन्छ ।

अपवादलाई छाडेर प्रायः धेरैवटा प्रदेशमा गठबन्धनमा सहभागी कम्युनिस्ट उम्मेदवार भन्दा कांग्रेस उम्मेदवारले कम मत पाएका छन् । प्रदेश १ मा धोका पाएको जनता समाजवादी पार्टीले प्रदेश २ मा माओवादी भन्दा बढी भोट पाएको छ । सातै प्रदेशको नतिजा हेर्दा क्रस भोटिङको बाहुल्य बाक्लो छ ।

उति नै मतभार रहेका ठाउँमा गठबन्धनका उम्मेदवारले फरक–फरक मत पाएको तथ्याङ्क हेर्दा सत्तारुढ गठबन्धनमा अनुशासन पालना नभएको स्पष्ट देखिन्छ । प्रदेश सांसद र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूले नै गठबन्धन नहेरी जथाभावी भोट हालेको पाइएको छ । त्यस्तै अरूको भोट पाएर जितेका जनप्रतिनिधि स्वयंको भोट बदर भएको छ । गठबन्धनको सहमतिमा बनेका उम्मेदवारको भोट संख्या नै आकाश जमिन फरक पर्नु दलीय व्हीपले काम नगर्नु हो ।

गठबन्धन दलमा मात्रै होइन, एमालेमा पनि अन्तरघात भएको पाइएको छ । जस्तो– प्रदेश १ मा एमालेकी सुमित्रा भण्डारीले आफ्नै चारजना प्रदेश सांसदको भोट पाउनु भएन । एकीकृत समाजवादीकी जयन्ती राईलाई एमालेले पनि भोट हाले । अन्य प्रदेशमा पनि एमालेको भोट गठबन्धनतिर गएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस !

अब एमालेले कहिल्यै चुनाव जित्दैन, पत्रकारले लेख्नु पर्दैन : मेटमणी चौधरी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का नेता मेटमणी चौधरीले नेकपा एमालेले अब कहिल्यै चुनाव नजित्ने ठोकुवा गरेका छन् ।बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत नेता चौधरीले एमालेले अब कुनै चुनाव नजित्ने ठोकुवा गर्दै चुनाव जिते कथा बन्ने र भावि सन्ततीहरुलाई सपनाजस्तो लाग्ने ठाेकुवा गरेका हुन् ।

उनले भनेका छन्, ‘राष्ट्रिय सभाको चुनावि परिणाम पछि( दासहरूले २ वटा बिषयलाई महत्त्वका साथ भुकिरहेका छन् (१) यो हार हाम्रो लागि अन्तिम हो र अबको सबै निर्वाचनमा विजयी हुन्छौ । २. ५ दल मिलेर जित्ने, यत्रो फूर्ति ! अल्पज्ञानिहरूलाई के थाहा ! यो हार भर्खर शुरू भएको छ र यो हारको श्रंखला निरन्तर अघि बढ्ने छ । अब देखि नेकपा एमाले र विजयीको बिचमा कहिल्यै भेट हुने वाला छैन । नेकपा एमालेले जितेको कुरा कुनै पनि पत्रकारले लेख्ने अवसर पाँउनै छैन । २०७४ सालमा जितेको कुरा कथा बन्नेछ र भाबि सन्ततिहरूलाई सपना जस्तै लाग्नेछ ।’

बुधबार सम्पन्न राष्ट्रियसभा निर्वाचनबाट एमालेको हारको सुरुवात भएको उनले बताएका छन् । बुधबार रिक्त १९ सिटका लागि भएको राष्ट्रियसभाको निर्वाचनमा एमालेले प्रदेश १ मा एक सिट मात्रै जित हासिल गरेको थियो भने सत्तारुढ पाँच दलीय गठबन्धनले १८ सिट हात परेको थियो ।

त्यहीँ प्रसंगमा नेता चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीको घमण्डका कारण आज यस्तो अवस्थामा पुगेको पनि बताएका छन् । उनले भनेका छन्, ‘प्रतिगामी गठबन्धन( नेकपा एमाले, जसपा (महन्त ठाकुर) र राप्रपा बिचको गठबन्धनको शर्मनाक हार भएको छ । हारको लाज छोप्न केपिका चाकरहरू क्क्ष्लनभि नेकपा एमालेलाई ५ दलीय गठबन्धनको हुइँया मच्चाइरहेका छन् । याद होस दास÷दासीहरूलाई चुनावी मोर्चामा उभिइसकेपछि मुख्य कुरा जित्नु हो । चाहे एकलै होस या मिलिजुलि । मिलेरै÷मिलाएरै जित्ने हो । एकलकाँटे तिमीहरू बरू सोच– हामी किन कसैसँग मिल्न सकेको छैनौ ? हामी दैनिक जस्तो किन एकलिरहेका छौ । सरकारको नेतृत्वबाट प्रतिपक्षिको भुमिकामा कसरी झर्न पुगिम ! के यो बिषयमा कहिले सिहलोकन गरेका छौ ? तिम्रा यिनै घमण्डको कारण आज बिचरा भएका छौँ ।’

प्रतिक्रिया दिनुहोस !

चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. गिरीमाथि ढुंगा प्रहार



काठमाडौं। चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीमाथि अज्ञात समूहले आक्रमण गरेको छ । बिहीबार बिहान ११ बजे काँडाघारीको उकालोमा गिरी सवार ००२ झ ४९१५ नम्बरको सरकारी गाडीमा ढुंगा प्रहार गरिएको आयोगले जनाएको छ ।

चिकित्सा शिक्षा आयोगले विज्ञप्ति जारी गर्दै गिरीमाथि भएको आक्रमणको निन्दा गरेको छ । आयोगले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीको प्रवाधानभित्र रहेर निष्पक्ष र निष्ठापूर्वक उच्च मनोबलका साथ सेवा प्रवाह गरिरहेको अवस्थाा भएको यस प्रकारको जघन्य घटनाको आयोग घोर भर्त्सना गर्दछ ।’ ढुंगा प्रहारबाट गाडीको पछाडिको सिसा फुट्नुका साथै गाडीमा क्षति भएको आयोगले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: