५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

आगामी आम निर्वाचनबारे रणनीति बनाउन अध्यक्ष ओलीको निर्देशन



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले आगामी आम निर्वाचनबारे रणनीति बनाउन निर्देशन दिएका छन् । मंगलबार चितवनको सौराहामा बसेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो निर्देशन दिएका हुन् ।

नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकले धन्यावाद ज्ञापनलगायतका एजेन्डाहरुमाथि निर्णय गरेको छ । मंगलबार सम्पन्न भएको निर्वाचनबाट अध्यक्षमा केपी ओलीसहित ३०१ जनाको केन्द्रीय कमिटी निर्वाचित भएको थियो । बन्दसत्रबाट पारित प्रस्तावमा सबै पार्टी कमिटीलाई आगामी चुनावमा आ–आफ्नो क्षेत्रमा विजय सुनिश्चित गर्न आह्वान गरिएको छ । सम्बोधनका क्रममा अध्यक्ष ओलीले केन्द्रीय कमिटीको अर्को बैठक मंसिर २५ र २६ गते बस्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस !


वीरगञ्जमा कांग्रेस कार्यकर्ताद्वारा मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार



जनकपुरधाम । पर्साको वीरगञ्ज महिनगरपालिका २३ स्थित प्रदेशका मुख्यमन्त्री लालबाबु राउतको घरमा नेपाली कांग्रेसका कार्यकर्ताले ढुङ्गामुढा गरेका छन् । प्रदेशको राजधानी जनकपुरधाम तोकिएको विरोधमा कांग्रेस महानगर कमिटीले निकालेको मोटरसाइकल जुलुसमा सहभागी युवाले मुख्यमन्त्री राउतको घरमा ढुङ्गा प्रहार गरेका हुन् । ढुङ्गा लागेर घरको सिसा फुटेको छ ।

पर्साका प्रहरी प्रवक्ता एवम् डिएसपी ओमप्रकाश खनालले मोटरसाइकल जुलुसमा सहभागी कांग्रेसका एक कार्यकर्ताले मुख्यमन्त्रीको घरमा ढुङ्गा प्रहार गरेको बताए । उनले ढुङ्गा लागेर घरको सिसा फुटेको र प्रहार गर्नेको खोजी गरिरहेको बताए । मोटरसाइल जुलुस निकालेका कांग्रेस कार्यकर्ताहरुले कालोझण्डा बोकेका थिए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउत मुर्दावाद, वीरगञ्ज राजधानी कायम गर जस्ता नारा लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस !

दुबईबाट आएका व्यक्तिलाई अपहरण गरी बन्धक बनाउने ३ जना पक्राउ



काठमाडौं । दुबईबाट आएका एक नेपालीलाई काठमाडौंबाट अपहरण गरी बन्धक बनाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार सिरहा जिल्लाको सखुवानाकारकट्टी गाउँपालिका–५ घर भएका ३० वर्षीय रामेश्वर रामलाई अपहरण गरी बन्धक बनाएको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

परिसरका प्रवक्तासमेत रहेका प्रहरी उपरीक्षक दिनेशराज मैनालीका अनुसार रामेश्वर रामको अपहरण गरी निजलाई बन्धक बनाएको आरोपमा काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खु बस्ने अन्दाजी ३२ वर्षका संजोग राई, सोही स्थानका अन्दाजी ३० वर्षीय रमेश अर्याल र मकवानपुरगढी गाउँपालिका–५ घर भई हाल काठमाडौं महानगरपालिका–१६ बसन्तनगरमा होटल व्यवसाय गर्ने ३१ वर्षका गोकुल घिमिरेलाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस !

स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्न सत्ता गठबन्धन सहमत



काठमाडौँ । सत्तारुढ दलहरुको गठबन्धनले स्थानीय तहको चुनाव आगामी वैशाखमै गर्ने सहमति गरेको छ । निर्धारित समयमै चुनाव गर्न दलहरु सहमत भएको बताइएको छ ।

आज (मंगलबार) प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्ता सञ्चालनका लागि गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले वैशाखमै चुनाव गराउने सहमति गरेको हो ।

बैठकले संविधानको व्यवस्था अनुसार नै वैशाखमै चुनाव गर्नेमा सहमति जुटाएको हो । आउँदो बिहीबार बस्ने सत्ता गठबन्धनका मुख्य नेताहरुको अर्को बैठकले चुनावको मिति समेत तय गर्ने निर्णय भएको जनाइएको छ ।

यसैगरी कोभिड–१९ को सङ्क्रमणको चुनौतीका बाबजुद यही माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचन कसरी सफल बनाउने भन्ने विषयमा समेत बैठकमा छलफल भएको थियो । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको समन्वयमा भएको बैठकमा सत्तारूढ गठबन्धन दल कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका शीर्षनेता सहभागी हुनुहुन्थ्यो ।

राष्ट्रियसभाका एकतिहाइ सदस्यको निर्वाचन माघ १२ गते हँुदैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: