५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

चितवन कांग्रेस अधिवेशन :नेताहरुको अनपेक्षित दबाबपछि निर्वाचन अधिकृतले दिए राजीनामा



कुलप्रसाद काफ्ले/न्युज कारखाना
चितवन, १५ मंसिर

नेपाली कांग्रेसको १४औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नेपाली कांग्रेस चितवनको सभापतिका लागि बुधबार मनोनयनपत्र दर्ता गर्ने कार्यक्रम थियो । तर, नेताहरूको अनपेक्षित दबाबपछि चितवनका लागि केन्द्रबाटै खटिएर आएका निर्वाचन अधिकृत कमलमोहन पोखरेलले राजीनामा दिएका छन् ।

मनोनयनपत्र दर्ता गर्ने दिनभन्दा अघिल्लो दिन पोखरेलले राजीनामा दिएका हुन् । कांग्रेसको केन्द्रीय निर्वाचन समितिबाटै खटिएर आएका पोखरेलको राजीनामा पछि चितवन कांग्रेसको अधिवेशन अनिश्चित बनेको छ । निर्वाचन समितिलाई बुझाएको राजीनामा पत्रमा भने पोखरेलले आफ्नो स्वास्थ्य अवस्था बिग्रिएको भनि उल्लेख गरेका छन् ।

नेताहरूले चुनावको मिति सार्ने विषयमा विभिन्न दबाब दिएपछि पोखरेलले राजीनामा दिएका हुन् । नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले भने मंगलबार साँझ एक विज्ञप्ति जारी गरी सभापतिका आकांक्षीहरूबीच साझा धारणा बनाएर निर्वाचनको मिति तोक्न सिफारिस गरिएकोमा निर्वाचन अधिकृतको अचानक राजीनामा आएको बताए ।

निर्वाचन अधिकृत पोखरेलले भने विभिन्न किसिमका अनपेक्षित दबाब सिर्जना भएपछि राजीनामा दिएको प्रतिक्रिया दिएका छन् । ‘त्यहाँ विभिन्न खाले अनपेक्षित दबाबहरु व्यहोर्नु परेको थियो । काम गर्ने मान्छेले स्वतन्त्रतापूर्वक काम गर्न पाउनुपर्छ । निर्वाचन भन्ने कुरा झन् आफैँ स्वतन्त्र हुनुपर्छ । अनेक खाले, अनेक कोणबाट प्रभावहरू आए । मान्छेलाई बिरामी नै बनाउने भएपछि राजीनामा दिएको हो’, उनले भने ।  

कस्तो किसिमको दबाब आएको भनेर उनले खुलाउन भने चाहेनन् । पोखरेलले आफ्नो राजीनामा केन्द्रीय निर्वाचन समितिलाई बुझाएका हुन् । राजीनामा दिएर पोखरेल वीरगञ्ज पुगेका छन् । उनले चार दिनअघि नै जिल्ला छाडेका हुन् ।

चितवन कांग्रेसका सभापति श्रेष्ठका अनुसार एमालेका कारण निर्वाचन पछाडि धकेलिएपछि पोखरेलले १५ मंसिरमा मनोनयन पत्र दर्ता गरी १९ मंसिरमा मतदान गर्ने भनि जानकारी गराएका थिए ।

मंगलबार बिहान पार्टीको जिल्ला कार्यसमिति र सभापति पदका आकांक्षीहरूको संयुक्त बैठक बसेर १५ मंसिरमा मनोनयन पत्र दर्ता गराई २१ मंसिरमा मतदान गर्ने निर्णय गरि निर्वाचन अधिकृतसमक्ष सिफारिस गरिएको थियो ।

त्यसलगत्तै निर्वाचन अधिकृत पोखरेलले राजीनामा दिएका हुन् । ‘यस घटनाले हामी अचम्मित एवं गम्भीर आश्चर्यमा परेका छौँ । उक्त राजीनामाले अधिवेशनलाई गम्भीर अन्याेलमा एवं अधिवेशन नै हुन नदिने परिस्थिती सिर्जना गरेको छ’, श्रेष्ठले भनेका छन् । अवरुद्ध भएको जिल्ला सभापतिको अधिवेशनको प्रक्रिया छिटोभन्दा छिटो थालनी गर्न उनले केन्द्रीय निर्वाचन समितिलाई आग्रह गरेका छन् । 

जिल्ला सभापतिको लागि चितवन कांग्रेसको वर्तमान कार्य समितिका उपसभापति कैलाश कोइराला, सचिव उत्तम जोशी, बाग्मती प्रदेश सांसद मिलनबाबु श्रेष्ठ जिल्ला सभापतिको लागि दौडमा छन् । त्यसैगरी, राजेश्वर खनाल, प्राडा सूर्यकान्त घिमिरे र विजय भुसाल पनि सभापति पदका आकांक्षी हुन् । 
 


प्रतिक्रिया दिनुहोस !


वीरगञ्ज भन्सारबाट ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन



वीरगञ्ज । वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्ष ०७८/७९ को ६ महिनामा १ खर्बभन्दा बढी राजश्व संकलन गरेको छ । आयात निर्यात कारोबारका हिसाबले देशकै मुख्य नाका मध्येको एक वीरगञ्ज भन्सारले लक्ष्यभन्दा ६ प्रतिशत बढी राजश्व संकलन गरेको हो ।

भन्सार विभागले साउनदेखि पुससम्मका लागि १ खर्ब २२ करोड १५ लाख ३७ हजार रुपैयाँ राजश्व संकलनको लक्ष्य तोकेको थियो । कार्यालयले सो अवधिमा कुल १ खर्ब ५ अर्ब ९० करोड ८३ लाख ३५ हजार रुपैयाँ राजश्व संकलन गरेको वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत हरिहर पौडेलले जानकारी दिए । ‘अघिल्लो आर्थिक वर्ष २०७७/७८ को समीक्षा अवधिको तुलनामा ३२ अर्ब रुपैयाँ बढी राजश्व संकलन गरेका छौं,’ प्रमुख भन्सार अधिकृत पौडेलले भने, ‘पुस महिनामा लक्ष्य अनुसार राजश्व संकलन भएन, तर पनि अन्य महिनामा लक्ष्यभन्दा बढी असुली भएको कारण ६ महिनाको लक्ष्य भेटेका छौं ।’

प्रतिक्रिया दिनुहोस !

उपत्यकाका तीनवटै सीडीओ कार्यालय सेवा घटाउने तयारी, काठमाडौं प्रशासनका २० कर्मचारी लाई कोरोना



काठमाडौं । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको अग्रपंतिमा खटिरहेको काठमाडौं उपत्यका तीन वटै जिल्ला प्रशासन कार्यालयमा कार्यरत कर्मचारी कोरोना संक्रमणको उच्च जोखिममा परेका छन् । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासनका कर्मचारीमा संक्रमण देखिएपछि नियमित कार्यसम्पादनमै असर पर्न थालेको छ ।

कोरोना संक्रमण बढिरहेको अवस्थामा अत्यावश्यक सेवा बाहेक अन्य सेवा बन्द गर्नुपर्ने पक्षमा तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सकारात्मक देखिएका छन् । उनीहरुले अहिलेकै अनुपातमा उपत्यकामा कोरोना संक्रमण बढ्दै जाने हो भने जिल्ला प्रशासन कार्यालका सबै कर्मचारी र सेवा लिन आउने सबै सेवाग्राही संक्रमित हुने अवस्था आउने र त्यसले भयाभह अवस्था सृजना हुनेतर्फ सरकार सचेत हुनुपर्नेमा बताएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंका सूचना अधिकारीसमेत रहेका सहायक प्रमुख जिल्ला अधिकारीका अनुसार कार्यालयमा कार्यरत २० जनामा कोरोना संक्रण पुष्टि भइसकेको छ भने १५ जनामा कोरोनाका लक्षण देखिएकाले उनीहरुलाई घरमै बसेर कोराना परिक्षण गर्न भनिएको छ ।

प्रतिक्रिया दिनुहोस !

तीन दिनसम्म धेरैजसो स्थानमा वर्षा, तराइमा हुस्सु र हिमालमा हिमपात



आउने देखिएको छ । पश्चिमी वायुको प्रभावले नेपालको मैसममा केही खराबी आउने भएको हो । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश नं १ र मधेश प्रदेश लगायत पहाडी भू-भागहरुमा आंशिक बदली रहने अवस्था छ । त्यस्तैगरी तराईका थोरै स्थानहरूमा हुस्सु कुहिरो लाग्नेछ ।

त्यस्तैगरी आज सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेश लगायत अन्य प्रदेशहरूको पहाडी भू(भागमा पनि आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त स्थाहरुबाहेक अन्य स्थानमा भने मौसम सामान्य रहेनछन् । तर देशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको बताइएको छ ।

त्यस्तैगरी बिहीबार र शुक्रबार पनि देशभरका केही मुलुकमा आंशिक तथा सामान्यतया बदली रहनेछन । बिहीबार प्रदेश नं १, बाग्मती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश तथा सुदूरपश्चिम प्रदेशका एक दुई स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया दिनुहोस !

ताजा

लोकप्रिय

%d bloggers like this: