११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

प्रतिनिधि भएर आएका कांग्रेसका नेता भन्छन्- व्यवस्थापन लथालिङ्ग छ



सुर्खेत, १६ मंसिर

 नेपाली कांग्रेसको प्रथम प्रदेश अधिवेशनमा भाग लिन आएका प्रतिनिधिहरूले अधिवेशनको व्यवस्थापन कमजोर भएको बताएका छन् । प्रतिनीधिहरूले बासस्थानदेखि अधिवेशनस्थलसम्म व्यवस्थित नभएको आरोप लगाएका हुन् ।

अधिवेशनमा सहभागीलाई बासस्थानका लागि होटेलको व्यवस्थापन कमजोर भएको, प्रतिनिधिहरूलाई दिएको प्रतिनिधि कार्ड पनि आधिकारीक हस्ताक्षर नभएको, झोला कागजको स्टीकर टाँसिएको जस्ता आरोप लगाएका हुन् । 

आफूले महाधिवेशनमा सहभागी शुल्क दुई हजार रुपैयाँ तिरेको बताउँदै हुम्ला हिमा गाउँपालिकाबाट प्रदेश प्रतिनिधिमा चयन भएका एक सहभागीले भने,  ‘हामीलाई यति फोहोर भएको होटलमा बसालियो । जहाँ खाना बस्न र सुत्नलायक होटेल थिएन । पैसा बढी लिएर भए पनि राम्रो ठाउँमा राखेको भए हुन्थ्यो ।’

 हिले डिजिटल युगमा पनि कार्डमा आधिकारीक हस्ताक्षर नहुनु एक प्रकारको लापरवाही भएको कालिकोटबाट सहभागी एक प्रतिनिधिले बताए । ‘कार्डमा आधिकारीक हस्ताक्षर छैन । यो शुल्क लिएर कार्ड त राम्रो दिनुपर्‍याे नि’, उनले भने, ‘आधिकारीक हस्ताक्षर नभएको कार्डलाई कसरी आधिकारिक मान्ने ?’

कार्डमा पार्टीको लेटर हेड भए पनि आधिकारिक छाप नभएको ती सहभागीले बताए । 


प्रतिक्रिया दिनुहोस !