११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

हुम्लामा हिमपात, चिसोले जनजीवन कष्टकर



काठमाडौं । हिमपातपछि हुम्लामा चिसो बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ। हुम्ला उच्च हिमाली जिल्ला भएकाले हिमपातपछि जिल्लाको उत्तरी क्षेत्रमा चिसो बढेसँगै जनजीवन बष्टकर बन्दै गएको हो। आज बिहानदेखि सिमकोटसहित तल्लो भेगमा पानी परिरहेको र जिल्लाका उच्च क्षेत्रमा हिमपात भएसँगै चिसोले जनजीवन कष्टकर बनेको छ। हिउँदयाम शुरु भएसँगै हुम्लाका सबै क्षेत्रमा अत्यधिक चिसो हुने गर्छ।

मौसम परिवर्तनसँगै आजदेखि निकै चिसो बढेपछि सिमकोटको तापक्रम माइनसमा झरेको छ। चिसो मौसम शुरु भएसँगै सदरमुकामवासीले बाक्लोबाक्लो कपडा लगाउन थालेका छन्। दिनमा भन्दा बिहान, बेलुका र राति चिसो अत्यधिक बढेको स्थानीयवासीको भनाइ छ। उत्तरी नाम्खा गाउँपालिकामा दोस्रो पटक हिमपात भएको छ। उत्तरी नाम्खा गाउँपालिका उच्च भेगमा पर्ने भएकाले बिहानैबाट हिमपात शुरु भएको छ। हिमापत भएसँगै यहाँको तापक्रम माइनसमा झरेको छ। अहिले चालाको तापक्रम माइनस पाँच डिग्री पुगेको छ।


प्रतिक्रिया दिनुहोस !