५ माघ २०७८, बुधबार
 |   Wed Jan 19 2022
Logo

भद्रगोल सिंहदरबारका १० अनौठा दृश्य



काठमाडौं । देशको प्रमुख प्रशासकीय क्षेत्र सिंहदरबार । धेरैलाई लाग्न सक्छ सिंहदरवार भव्य छ । सभ्य सफासुग्घर छ । तर, लेन्सबाट सिंहदरबार त्यस्तो देखिएन ।

१. भद्रगोल : सिंहदरवारमा सडक पेटी मन्त्रालयका सरकारी नम्बर प्लेटका गाडी पाकिङ स्थल बनेका छन् । सबैजसो मन्त्रालय अगाडि यो दृश्य देख्न सकिन्छ । सिंहदरवारका सडकमा नो पार्किङको ट्राफिक संकेत यत्रतत्र राखिएका छन् । तर, नियमविपरीत पार्किङ पनि उत्तिकै छ ।

२. फोहोर सडक पेटी
सिंहदरवारका सडक पेटिमा नालीबाट झिकेर कामदार फोहोर राखिरहेको देख्न सकिन्छ । कतै इँटा, टायरजस्ता सामाग्री सिंहदरवारको फुटपाथमा भेटिन्छन् ।

३. पार्किङ नै कवाडीखाना
सिंहदरवारका सवैजसो पाकिङस्थलमा पुराना गाडी र मोटरसाइकल त्यत्तिकै फ्याकिरहेको देख्न सकिन्छ । सरकारी खर्चमा नयाँ नयाँ गाडी र मोटरसाइकल आएपछि कर्मचारीले पुराना सवारी पार्किङमा छोड्ने गरेका हुन् ।
४. उजाड फूलबारी
सुख्खा मौसम सुरुभएसँगै सिंहदरवारका फूलबरी उजाड बनेका छन् । मन्त्रालयका अगाडि सुकेका फूलका बोटले सिंहदरवारको अस्तव्यस्ताको रुप देखाइरहेको छ ।

५. कुकुर सुत्ने सडक
सिंहदरबारमा छाडा कुकुरको बासस्थल बनेको छ । मन्त्रालयका क्याटिनका बासी खाना उपलव्ध हुने भएपछि कुकुर सिंहदरबारमा रमाएर बसेका छन् । सिंहदरबारका कुकुर सडकमा पार्किङमा सुतेर सेवा ग्राहीलाई अप्ठ्यारो पारिरहेका छन् ।

६. फ्याँकिएका फर्निचर
सिंहदरबारको सौन्दर्य विगार्ने यहाँ यत्रतत्र फ्किएका फर्निचर पनि हुन्। कतिपय कार्यालयको भर्‍याङ,वरण्डालगायतका कुनामा पुराना सामान त्यतिकै फ्याँकिएका हुन्छन्

७. पुराना कागजपत्र
मन्त्रालयका कुनामा पुराना कागजपत्र पनि उत्तिकै देख्न सकिन्छ । यहाँ राखिएका कागजमा महत्वपूर्ण दस्तावेज पनि हुन सक्छ ।

८. मन्त्रालय अगाडि फोहोरको डंगुर
सिंहदरको एक भवन अगाडि फोहोरको डंगुर नै थियो । यस्ता फोहोर हरेक मन्त्रालयका कुना तिर जहाँत्यहीँ छन् ।

९. सिंहदरबरभित्र मुद्रण विभागको साइन बोर्ड खुइलिएको देखिन्छ । अन्य कतिपय मन्त्रालयका बोर्डमा पनि फोहोर जमेको अवस्थामा छन् ।

१०. केरा फल्यो
सिंहदरबारमा अर्को रोचक दृश्य पनि छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अगाडि केरा फलेको छ । यो केराको बोटलाई डोरीले बाँधेर अड्याइएको छ ।


प्रतिक्रिया दिनुहोस !


नारायणहिटी दरबार संग्रहालयमा क्याफ्टेरिया सञ्चालन ठेक्कामै मिलेमतो



काठमाडाैं । बतास समूहलाई  क्याफ्टेरिया सञ्चालनका लागि नारायणहिटी दरबार संग्रहालय क्षेत्रको जग्गा भाडामा दिइएको विषयमा छानबिन गर्न गठित समितिले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको छ।

समितिले आज (साेमवार) पर्यटनमन्त्री प्रेम आलेलाई बुझाएको प्रतिवेदनमा क्यान्टिन क्षेत्रको स्पष्ट सीमांकन नभएकाले ठेक्का प्रक्रियामै मिलेमतो भएको निष्कर्ष निकालेको निकालेकाे हाे ।

प्रतिवेदनमा बतास समूहले बढी क्षेत्र ओगटेर निर्माण गरेको उल्लेख  गरिएकाे छ। नयाँ संरचना बनाइरहँदा विकास समितिका कार्यकारी निर्देशकबाट कुनै कारबाही नगरेको भन्दै समितिले निर्दवेशक भेषनारायण दाहाललाई पनि दोषी देखाएको प्रतिवेदनमा उल्लेख छ।

टेन्डरमा आउँदा एउटै परिवारका सेयर सदस्य रहेका तीनवटा फर्म रहेकाले प्रक्रियामै मिलेमतो रहेको हुन सक्ने समितिकाे प्रतिवेदनमा जनाइएकाे छ ।

प्रतिक्रिया दिनुहोस !

प्रचण्डको पक्षपात, कान्छी बुहारी बिनालाई काखा सिर्जना त्रिपाठीलाई पाखा



काठमाडौं । माओवादी अध्यक्ष प्रचण्डले आफ्नै परिवारबाट ४ जनालाई पार्टीको केन्द्रीय सदस्य बनाए पनि आफ्नी जेठी बुहारीसिर्जना त्रिपाठीलाई भने छुटाएका छन् । पार्टी महाधिवेशनको अन्तिम दिन आज प्रचण्डले बन्दसत्रमा २३६ जना केन्द्रीय सदस्यहरुको नामावली प्रस्तुत गरेका थिए । त्यसमा कास्की जिल्लाबाट प्रतिनिधि बनेकी आफ्नै जेठी बुहारीलाई भने केन्द्रीय समितिमा राखेनन् । प्रचण्डका छोरा पकाशले सिर्जनासँग सम्बन्ध विच्छेद नगर्दै बिना मगरसँग विवाह गरेका थिए ।

माओवादी केन्द्रीय समितिमा प्रचण्डका दाइ काकाको छोरा नारायण दाहाल, छोरी रेनु दाहाल र बुहारी विना मगरसमेत चयन भएका छन् । नारायण दाहाल खस आर्यतर्फ एक नम्बरमा परेका छन् । त्यस्तै रेनु खसआर्य महिला कोटाबाट केन्द्रीय सदस्य चयन भएकी छन् भने कान्छी बुहारी बिना आदिवासी जनजाति महिलाबाट केन्द्रीय समितिमा समेटिएकी छन् । कान्छा ज्वाइ जीवन आचार्य पनि केन्द्रीय सदस्यका दाबेदार थिए । तर उनको भने नाम अध्यक्ष प्रचण्डले पढेको सूचीमा छैन ।

प्रतिक्रिया दिनुहोस !

माओवादी महाधिवेशन : केन्द्रीय सदस्यले छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव



काठमाडौं, १४ पुस 

नेकपा माओवादी केन्द्रको जारी आठौं महाधिवेशनमा केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनु पर्ने प्रस्ताव गरिएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदामाथिको समूहगत छलफलपछि निष्कर्ष प्रस्तुत गर्ने क्रममा पार्टी केन्द्रीय सदस्यले आफ्ना छोराछोरीलाई सरकारी विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । 

समूह १० गण्डकीले आफ्नो निष्कर्ष प्रस्तुत गर्ने क्रममा केन्द्रीय सदस्यले आफ्ना छोराछोरी अनिवार्य रुपमा समुदायिक विद्यालयमा पढाउनुपर्ने प्रस्ताव गरिएको हो । संघीय संरचनाअनुसार वैज्ञानिक शिक्षा नीति लागु गर्ने उल्लेख गर्नुपर्ने भन्दै सो समूहले उक्त प्रस्ताव गरेको हो । 

महाधिवेशनको चौथो दिन बुधबार अध्यक्ष प्रचण्डको प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि भएको छलफलको समूहगत निष्कर्ष प्रस्तुत गर्ने कार्य चलिरहेको छ । 

महाधिवेशनको दोस्रो दिन सोमबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वैचारिक तथा राजनीतिक र नेता देव गुरुङले विधान मस्यौदा पेस गरेका थिए । प्रचण्डको राजनीतिक प्रतिवेदन र गुरुङको विधान मस्यौदामाथि मंगलबार विभिन्न २५ वटा समूहमा छलफल भएको थियो । 

गत आइतबारबाट सुरु भएको सो महाधिवेशनले १५ पदाधिकारीसहित २९९ सदस्यीय केन्द्रीय कार्यसमिति चयन गर्नेछ । 
 

प्रतिक्रिया दिनुहोस !

%d bloggers like this: