११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

ओलीले एमालेलाई नारायणी नदीमा ‘तिलाञ्जली’ दिइसके : अध्यक्ष नेपाल



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले केपी शर्मा ओलीले नेकपा (एमाले)लाई नारायणी नदीमा तिलाञ्जली दिइसकेको बताएका छन् । सोमबार (आज) सुनसरीको इटहरीमा आयोजित प्रदेश १ को पार्टीस्तरीय भेला तथा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले एमालेका अध्यक्ष ओलीको पार्टी समाप्त भइसकेको जिकिर गरेका हुन् ।

यसका साथै अध्यक्ष नेपालले एमालेभित्र पार्टीको झण्डा बाँदरले बोक्नुपर्ने दिन आउने भन्दै ‘ओली एण्ड कम्पनी’को दिन सकिएको बताए । त्यस्तै पार्टीको झण्डा उठाउन मजदुर किसान नचाहिने भएकाले गैंडालाई थमाइएको भन्दै उनले व्यंग्य समेत गरेका थिए । एमालेभन्दा आफ्नो पार्टी नेकपा (एस) देशभर मजबुत बन्दै गएको दाबी गर्दै उनले सत्ता गठबन्धन दलहरूको अगाडि ओलीको केही नलाग्ने बताए ।

अध्यक्ष नेपालले भनेका छन्, ‘त्यो जमात अब क्रान्तिकारी रहेन । कम्युनिस्ट चरित्रलाई कायम राख्न सकेन । माक्र्सवादको मूल्य र मान्यतासँगै जनताको बहुदलीय मूल्य र मान्यतालाई तिलाञ्जली दिएको छ । त्यो नारायणी नदीमा बगाइदिसकेको छ ।’


प्रतिक्रिया दिनुहोस !