८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

३३ किलो सुन तस्करी प्रकरण : कृष्णगोपाल अग्रवाललाई २ लाख धरौटीमा रिहा गर्न आदेश



काठमाडौं । चर्चित ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएका कृष्णगोपाल अग्रवाललाई धरौटीमा रिहा गर्न जिल्ला अदालत मोरङले आदेश दिएको छ। न्यायाधीश भरत लम्सालको इजलासले सोमबार अग्रवाललाई २ लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

सुन काण्डमा गोरे समूहमा नाम जोडिएका उनी फरार थिए । फरार रहेका उनलाई इन्टरपोलबाट रेड नोटिस जारी खोजी कार्य अघि बढाइएको थियो।

झापाको साविक शिवगञ्ज गाविस–१ स्थायी ठेगाना भएका ५० वर्षीय अग्रवाललाई केही दिनअघि इन्टरपोलको सहयोगमा दुबईबाट काठमाडौं ल्याइएको थियो।

दुबईबाट काठमाडौं ल्याइएपछि अग्रवाललाई मोरङ पठाइएको थियो। उनीमाथि सुनको अवैध चोरीपैठारी र निकासी, अपहरण र शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा संलग्न भएको आरोप छ।


प्रतिक्रिया दिनुहोस !