१२ बैशाख २०८१, बुधबार
 |   Wed Apr 24 2024
Logo

चाक्सीबारीमा पौडेल समूहको कुरा मिल्यो, भोलि सभापतिको उम्मेदवार सार्वजनिक गर्ने



काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले भोलिमात्र पार्टीको १४ औं महाधिवेशनका लागि साझा सभापतिको उम्मेदवार सार्वजनिक गर्ने भएको छ । मंगलबार कांग्रेस नेता एवं सभापतिका आकांक्षीसमेत रहेका प्रकाशमान सिंहको चाक्सीबारी निवासमा बसेको बैठकले साझा उम्मेदवारी चयन गरेको र भोलिमात्र उम्मेदवारी सार्वजनिक गर्ने नेता पौडेलले बताएका हुन् ।आजै उम्मेदवारी सार्वजनिक गर्ने तयारी गरिए पनि केही प्रक्रियाहरू पूरा नभएकाले भोलि साँझसम्म उम्मेदवार सार्वजनिक गर्ने उनले बताए । उनका अनुसार मंगलबार सबै जनाले विभिन्न दृष्टिकोणबाट छलफल गरेको थियो । बैठकमा पौडेलसहित महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला रहेका थिए । यी चारै जना सभापतिका आकांक्षी रहेका छन् भने भोलि यीमध्ये एक जना साझा सभापतिको उम्मेदवार चयन हुनेछ ।


प्रतिक्रिया दिनुहोस !