११ बैशाख २०८१, मंगलवार
 |   Tue Apr 23 2024
Logo

नेपालमा देखिएको कोरोना ओमिक्रोन भेरियन्टका दुवैजना निको भए



काठमाडौं । नेपालमा देखिएको कोरोना ओमिक्रोन भेरियन्टका दुवैजना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार उनीहरु दुवैजना संक्रमणमुक्त भएका छन् । दुवैजनाको रिपोर्ट मंगलबार नेगेटिभ आएको छ । मन्त्रालयले यसअघि सोमबार पत्रकार सम्मेलन गर्दै मंसिर ३ गते नेपाल आएका दुईजनामा ओमिक्रोन भेरियन्ट देखिएको जानकारी गराएको थियो । त्यसमा एकजना विदेशी नागरिक थिए भने अर्का नेपाली नागरिक रहेका थिए । उनीहरु दुवैजना क्वारेन्टिनमा रहेका थिए ।


प्रतिक्रिया दिनुहोस !