८ बैशाख २०८१, शनिबार
 |   Sat Apr 20 2024
Logo

सरकारले माग्यो १५४७ मावि शिक्षक, चैतमा परीक्षा



काठमाडौं । सरकारले माध्यमिक तहका लागि स्थायी शिक्षक पदपूर्तिका लागि विज्ञापन आह्वान गरेको छ । शिक्षक सेवा आयोगले माध्यमिक तह तृतीय श्रेणी शिक्षक पदका १५४७ सिटमा दरखास्त आह्वान गरेको हो । नेपाली, अंग्रेजी, गणित, विज्ञान, सामाजिक, अर्थशास्त्र, लेखा, शिक्षा, स्वास्थ्य, संस्कृत, कम्प्युटर, शुक्लयजुर्वेद र न्याय विषयका शिक्षक भर्ना गर्न लागिएको हो । १ पुसदेखि २९ सम्म नियमित शुल्कमा र ६ माघसम्म विलम्ब शुल्क तिरेर दरखास्त दिन सकिने आयोगले जानकारी दिएको छ । आगामी चैत १५ गते सञ्चालन हुने परीक्षाको लागि आवेदन फारम अनलाइनबाट भर्ने व्यवस्था मिलाइएको छ ।


प्रतिक्रिया दिनुहोस !