१५ चैत्र २०८०, बिहीबार
 |   Thu Mar 28 2024
Logo

एमालेको विरोधकाबीच संसदमा दुई अध्यादेश बहुमतले स्वीकृत



६ पुस, काठमाडौंः प्रतिनिधिसभाको बैठकमा दुई अध्यादेश स्वीकृत भएका छन्। प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को विरोधकाबीच मंगलबार संसदमा दुई अध्यादेश स्वीकृत भएका हुन्।

एमालेले बैठक अवरूद्ध कायमै राखे पनि आजको बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले दुई वटा अध्यादेश पेस गरेकामा त्यसलाई बहुमतले स्वीकृत गरेको हो।

यौनहिंसाविरुद्धका केही ऐन संशोधन गर्ने अध्यादेश र फौजदारी कसुर तथा फौजदारी कार्यविधि सम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेशलाई बहुमतले स्वीकृति भएको हो।

एमालेले अवरूद्ध गरेको बैठकमा नेमकिपाका सांसद् प्रेम सुवालले विरोध जनाएका थिए। एमाले र नेमकिपाको विरोधकाबीच दुबै अध्यादेश बहुमतले स्वीकृत भएको हो।

त्यसअघि सभामुख अग्निप्रसाद सापकोटाले बैठक अवरुद्ध नगरी सदनको कामकारबाही अघि बढाउन आग्रह गरे पनि एमाले सांसदले त्यसलाई वेवास्ता गर्दै नारावाजी गरेपछि संसद बैठक
पुष ७ (बुधबार) गते सम्मका लागि स्थगित भएको छ। नेकपा (एमाले) संसदमा दुई अध्यादेश बहुमतले स्वीकृत ले आफ्नो पार्टीले कारबाही गरेका १४ सांसदको कारबाही प्रक्रिया अघि बढाउन माग गर्दै संसदमा अवरोध गर्दै आएको छ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय