सिरहा । सिरहाको मिर्चैयामा सीके राउत नेतृत्वको जनमत पार्टीका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ ।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञा तोड्न खोजेपछि प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । त्यसक्रममा प्रहरीले केही सेल अश्रुग्याँस प्रहार गरेको छ । प्रहरीले गरेको लाठीचार्जबाट केही आन्दोलनकारी घाइते भएको बताइएको छ ।
सिरहामा जनमत पार्टीको चक्काजाम असफल पार्न प्रशासनले निषेधाज्ञा जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी लालबाबु कवारीले सूचना जारी गरेर आज र भोलिका लागि राजमार्ग क्षेत्रमा निषेधाज्ञा जारी गर्नुभएको हो । निषेधाज्ञाका कारण पूर्वपश्चिम राजमार्ग र चोहर्वा सडकखण्डमा यातायात ठप्प भएको छ ।
तर राष्ट्रिय राजमार्गमा भने यातायात सञ्चालन भैरहेको प्रहरीले जनाएको छ ।