Friday, May 23, 2025

ट्रेन्डिङ :

एमाले पार्टी कार्यालयमा शव फेला, हत्याको आशंका

spot_img
spot_img

काठमाडौं । नेकपा एमाले जिल्ला पार्टी कार्यालय जुम्लामा एक जना मृत फेला परेका छन् । 

प्रहरीका अनुसार मृत भेटिएका व्यक्ति चन्दननाथ नगरपालिका–१ बस्ने तर सडकमा मागी खाने ५६ वर्षीय सेतो कुलाल रहेका छन् ।

एमालेको नयाँ बन्दै गरेको भवनमा कुलालको शव मृत अवस्थामा फेला परेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । स्थानीयले खबर गरेपछि अनुसन्धान अधिकृतसहित सात जनाको टोली अनुसन्धानमा खटिएको प्रहरीको भनाई छ ।  

मृतकको अनुहारमा चोट पटक देखिएकोले हत्याको आशंका गरिएको छ । यसबारेमा थप अनुसन्धानको लागि प्रहरी नायव उपरीक्षक नरेन्द चन्दको कमाण्डमा पाँच जनाको टोली खटिएको प्रहरीले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?