Friday, May 23, 2025

ट्रेन्डिङ :

एनआरएनए महाधिवेशन प्रतिनिधि विवाद टुंगियो

spot_img
spot_img

लण्डन, १४ पुस

गैरआवासीय नेपाली संघ ९एनआरएनए० को महाविधेशन प्रतिनिधि विवाद टुंगिएको छ ।

संघका सचिव गौरीराज जोशीका अनुसार संघको महाधिवेशन प्रतिनिधि विवाद टुंग्गाउन गठित उपसमितिको बैठकमा विवाद अन्त्य गर्ने सर्वसम्मत निर्णय भएको हो ।

ुयदि कसैले बीचमा खेल खेलेन भने समितिभित्र महाधिवेशन प्रतिनिधि विवाद टुंग्गो लागेको छ,ु जोशीले न्युज कारखानालाई भने । संघका अध्यक्ष कुमार पन्तले गठन गरेको सो समितिमा सर्वसम्मतले महाधिवेशन प्रतिनिधि मिलाएर चुनावमा जाने सहमति भएको जानकारी जोशीले दिए ।

यसअघि संघले सल्लाहकारद्वय विश्वआर्दश पण्डित र डा। यादव पण्डितसहित नारायण थापा र गौरीराज जोशी रहेको सदस्सीय समिति गठन गरेको थियो । जोशीका अनुसार पछिल्लो सहमतिको बारेमा अध्यक्षका प्रत्यासीबीच छलफल गरेर निर्वाचनको वातावरण बनाउने तयारी संघले गरेको छ ।

संघको नेतृत्वको लागि उपाध्यक्षद्वय डा। बद्री केसी र रविना थापा तथा कुल आचार्यले दावी गरेका छन् । संघका महासचिव डा। हेमराज शर्माले संघको १०औँ महाधिवेशन र निर्वाचनको मिति छिट्टै सहमतिमा तय गरिने जानकारी दिए ।

शर्माले भने, ुनिर्वाचनसम्बन्धी विवाद टुंग्याउन विभिन्न चरणमा छलफल भएका छन् सबै पक्षसँगको सहमतिलाई आधारमा अघि बढ्छ ।ु

चार महिनादेखिको विवादको अन्त्य गर्न संघका पदाधिकारी काठमाडौंमा भेला हुने भएका छन् । संघका अध्यक्ष कुमार पन्त, संरक्षक जीवा लामिछाने, प्रवक्ता डिबी क्षेत्री, कोषाध्यक्ष महेश श्रेष्ठ, सहकोषाध्यक्ष लोक दाहाल काठमाडौं पुगिसकेका छन् भने अध्यक्षका प्रत्यासी डा। वद्री केसी र संघका महासचिव डा। हेमराज शर्मा यसैसाता काठमाडौं पुग्ने तयारीमा छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?