Friday, May 23, 2025

ट्रेन्डिङ :

भारतमा ओमिक्रोनः २१ राज्यका ७८१ जना संक्रमित

spot_img
spot_img

नयाँ दिल्ली, १४ पुस
भारतमा कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन भाईरसबाट संक्रमित हुनेको संख्या ७८१ पुगेको छ । दक्षिण अफ्रिकामा नोभेम्बरमा पहिलो पटक देखिएको सो भेरियन्ट अहिले भारतका २१ राज्यमा देखिएको छ । 

नयाँ भेरियन्टबाट संक्रमितमध्ये सबैभन्दा धेरै नयाँ दिल्लीका छन् । पछिल्लो तथ्यांकअनुसार दिल्लीमा २३८ र महाराष्ट्रमा १६७ जनामा नयाँ भेरियन्ट देखिएको छ । 
भारतमा पछिल्लो २४ घन्टामा नौ हजार १९५ जनाम कोभिड देखिएको छ ।

यो संख्या अघिल्लो दिनको तुलनामा ४४ प्रतिशतले बढी हो । सरकारले खोप अभियानलाई तीव्र पारेको छ । भारतमा अहिलेसम्म एक अर्ब ४३ करोड डोज कोभिड खोप खपत भएको छ । 

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?