Friday, May 16, 2025

ट्रेन्डिङ :

मोफसलका ६ प्रतियोगिताको तालिका सार्वजनिक

spot_img
spot_img

काठमाडौं, १४ पुस

अखिल नेपाल फुटबल संघ (एन्फा)ले आहा रारा गोल्डकपसहित मोफसलका ६ प्रतियोगितालाई स्वीकृत दिएको छ ।

एन्फाले सहिद स्मारक ‘ए’ डिभिजन लिगको नवौं चरणपछि हुने गरी मोफसलका चर्चित ६ प्रतियोगिताको तालिका सार्वजनिक गरेको न्युज कारखानाको स्रोतलाई प्राप्त भएको छ ।

माघमा दुई र फागुनमा चार गरी ६ प्रतियोगिता हुनेछ । माघ पाँच गतेदेखि १५ गते सम्म पोखरामा आहा रारा गोल्डकप, माघ १६ देखी २६ सम्म मकवानपुरमा सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता हुनेछ ।

त्यस्तै फागुन १४ देखी २१ सम्म बुटवलमा तिलोत्तमा गोल्डकप र इटहरीमा इटहरी गोल्डकप, फागुन १९ देखी २९ गते सम्म पोखरा गोल्डकप र फागुन २६ देखी चैत्र पाँच सम्म सिमरा गोल्डकप हुनेछ ।

प्रतियोगिताका लागि १२ टोली सहभागी आठ, १० टोली भए ६ र आठ टोली भए ४ ए डिभिजन टोली हुनुपर्ने एन्फाले जनाएको छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?