काठमाडौं । देशैभरि श्रमिक जागरणलाइ तिब्रता दिँदै अभियानमा होमिएको नेकपा निकट मजदुर संगठन अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघ यतिबेला उपत्यका बिशेष क्षेत्र अन्तर्गत भक्तपुर स्थित बिभिन्न उध्योग तथा कलकारखाना केन्द्रित भएको छ।अभियानको क्रममा महाँसंघको बागमती प्रदेश ३ ;उपत्यका बिशेष क्षेत्रको पहलमा आज भक्तपुर जिल्लामा रहेको महाँलक्ष्मी पेन्ट्सका श्रमिकहरु सँग छलफल गरि उन्नाइस (१९) सदश्यिय प्रारम्भिक इकाइ कमिटी गठन गरिएको समाचारमा जनाइएको छ।नवगठित इकाइको उक्त कमिटिमा;अध्यक्ष शर्मिला खत्री ,उपाध्यक्ष शुसिला ढकाल,सचिव दिपेन्द्र रञ्जितकार,कोषाध्यक्ष शरिता परियार सहित दिवश दोङ,रामशेवक राम,शिवदयाल शाह,दिपेन्द्र मण्डल,छोटे सदा,राजेश ढाकु,आकाश थापा लगायत सदश्यहरु रहेका छन भने; महिला बिशेष कमिटिमा सविनाको नेतृत्वमा रिना बाला,रेनु सदा, राधा सिजावली,सावित्री देवि राइ,चन्द्रकला लिम्बु ,कान्छी गौतम,सिता गौतम लगायत रहेका छन।कार्यक्रममा नवगठित इकाइ कमिटिलाइ बधाइ तथा शुभकामना दिँदै महाँसंघको उक्त बिशेष क्षेत्र अभियानको बिशिस्ट प्रतिनिधी सदश्य समेत रहेकी नेतृ सृजना सिजापतिले श्रमिक हरुले आफुमाथी रहेको सम्पुर्ण उत्पिडन बिरुद्ध थप सशक्त बन्न जरुरी रहेको र त्यसमा पनि श्रमिक महिलाहरुले कार्यक्षेत्र ,समाज र राष्ट्रमा बिध्यमान सबै प्रकारका जातिय,क्षेत्रीय र लिंगिय उत्पिडन बिरुद्ध आगो ओकेल्ने साहस पैदा गर्न जरुरी रहेकोमा जोड दिएको बताइएको छ।कार्यक्रम ;अभियान टिमका सबैजसो प्रतिनिधी सदश्यहरुको सहभागिताबिच महाँसंघका केन्द्रिय सदश्य समेत रहेका उक्त जिल्ला महाँसंघ भक्तपुर इन्चार्ज अर्जुन प्रसाद लामिछानेको सञ्चालनमा शानदार सम्पन्न भएको जनाइएको छ।संगठन निर्माणमा जोड दिएसँगै महाँसंघको आगामी अभियानलाइ उक्त बिशेष क्षेत्रले संगठन गठन तथा पुनर्गठन र भेला तथा सम्मेलनलाइ प्राथमिकता दिने कार्यक्रम रहेको छ।पछिल्लो चरणमा; उपत्यकाका बिभिन्न क्षेत्र र प्रतिष्ठानहरुमा श्रमिकहरुको दैनिक जिविकाको पक्ष चिन्ताजनक रहेको ,महंगी, बजार भाउ र पारिश्रमिक बितरण अनुपात स्वाभाविक नरहेको, न्युन पारिश्रमिक ,ब्यापक श्रमिक कटौती र यसपश्चात बेरोजगारी समस्या नै मुख्य समस्याको रुपमा यथावत रहेको बारे अखिल नेपाल क्रान्तिकारी ट्रेडयुनियन महाँसंघल भनेे यसअघि नै बिष्लेषण गरेको थियो।