Friday, May 23, 2025

ट्रेन्डिङ :

माओवादी महाधिवेशन : कार्यकारी पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने माग

spot_img
spot_img

काठमाडौं । साढे तीन दशकदेखि पार्टीको नेतृत्वमा रहेका पुष्पकमल दाहाल प्रचण्डलाई निर्विकल्प अध्यक्षमा रुपमा प्रस्तुत गरिररहेको नेकपा माओवादी केन्द्रले कार्यकारी पदमा दुई कार्यकालको सीमा तोक्नुपर्ने माग भएको छ ।

काठमाडौंमा जारी आठौं राष्ट्रिय महाधिवेशनमा प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलमा दुई कार्यकालको सीमा र उमेर हदको माग उठेको छ । बुधबार ११ वटा समूहले छलफलको निष्कर्ष प्रस्तुत गरेको छ, जसमा बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशको टोलीले कार्यकारी पदमा दुई कार्यकाल मात्र रहन पाउने व्यवस्था गर्नुपर्ने बताएका छन् ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?