काठमाडाैँ । गुरुङ समुदायले आज तमु ल्होसार अर्थात् आफ्नाे नयाँ वर्ष मनाउँदै छन् । पुरानो वर्षलाई बिदाई गरी नयाँ बर्षलाई स्वागत गरेर गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् ।
‘ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई गुरुङ समुदायले मनाउने नयाँ बर्षलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु संस्कृति अनुसार पुस १५ गते खुसीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो पर्व मनाउने गर्दछ ।