Friday, May 23, 2025

ट्रेन्डिङ :

सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जादैन् बरु उमेर हद राखौंः देवेन्द्र पौडे

spot_img
spot_img

१५ पुस, काठमाडौंः नेकपा माओवादी केन्द्रका महाधिवेशन प्रतिनिधिहरुले पार्टीको केन्द्रीय पदाधिकारीमा सात जना उपाध्यक्ष राख्दा राम्रो सन्देश नजाने सुझाव दिएका छन् ।

विधान संशोधन प्रस्तावमाथि भएको छलफलपछि गण्डकी प्रदेशका तर्फबाट देवेन्द्र पौडेलले बिहीबार समुहको छलफलमा आएका सुझाव बन्द सत्रमा पेश गर्ने क्रममा सो कुरा बताएका हुन् । सुझाव पेश गर्दै पौडेलले भने, ‘केन्द्रीय पदाधिकारीमा सात उपाध्यक्ष राख्दा राम्रो सन्देश जाँदैन।’

त्यस्तै उनले २९९ सदस्यीय केन्द्रीय समिति निर्माणको औचित्य र आवश्यकतासमेत प्रस्ट्याउनुपर्ने सुझाव आफ्नो समुहका सदस्यहरुले राखेको बताए ।

उनले भने, ‘२९९ सदस्यीय केन्द्रीय समितिबारे प्रस्ट्याउनु जरुरी छ । किनकी तदर्थवादी मानसिकताबाट हाम्रो पार्टी चल्नु हुँदैन’, पौडेलले पार्टीको सल्लाहकार कमिटी विज्ञ समूहबाट छानिनुपर्ने सुझाव आएको पनि बताए । साथै विशिष्ट अवस्थामा बाहेक एक कार्यकालभन्दा बाहेक पदाधिकारी हुन नहुने र उमेर हद विधानमै तोकिनुपर्ने पनि बताए ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?