काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने टी-२० विश्वकप ग्लोबल क्वालिफायरको बन्द प्रशिक्षणका लागि पहिलो चरणमा ३० खेलाडी छनोट गरेको छ । अर्को वर्ष अष्ट्रेलियामा हुने टी-२० विश्वकपका लागि फेब्रुअरीमा ओमानमा हुने ग्लोबल क्वालिफायरमा नेपाल समूह बी मा छ । सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, शरद भेषावकर, करण केसी, सोमपाल कामी, मोहम्मद आरिफ शेख, विनोद भण्डारी, कुशल मल्ल, कुशल भुर्तेल, मोहम्मद आसिफ शेख, कमल सिंह ऐरी, शाहब आलम, सन्दीप जोरा, अविनाश बोहरा, सुशन भारी, पवन सर्राफ, विक्रम सोब, भीम सार्की, रोहितकुमार पौडेल, प्रदीप ऐरी, गुल्सन कुमार झा, नन्दन यादव, जितेन्द्रकुमार मुखिया, विवेक कुमार यादव, सौरभ खनाल, राजेश पुलामी मगर, किशोर महतो, सागर ढकाल, हरिशंकर शाह रहेका छन् ।